बालबालिकालाई कुन उमेरबाट स्कुल पठाउँदा ठिक ? यस्ता छन् सुझाव

0
67

काठमाडौं । आफ्ना नानीबाबु कुन उमेरबाट स्कुल पठाउने भन्ने विषयले अभिभावकलाई पिरोलीरहेको हुन्छ । नानीबाबुलाई कुन समयमा स्कुल पठाउँदा ठिक हुन्छ भन्ने कुरा त्यति सजिलै भन्न सकिदैन् । केहींले बच्चालाई चाडैँ स्कुल पठाउँदा फरक नपर्ने बताउँछन् भने कतिले बच्चा ५ वर्षको नभइकन स्कुल पठाउनु हुँदैन् भन्छन् ।

बच्चा स्कुल पठाउने निश्चित उमेर यहिं हो भन्दा पनि देशको वातावरण र पारिवारिक माहोलले फरक पार्छ । नेपालमा बच्चा कति वर्षको भएपछि स्कुल पठाउने भन्ने कुनै निश्चित नियम छैन् । केहीं अभिभावकले बच्चालाई प्रि–स्कुल नपठाई डाइरेक्ट स्कुल पनि पठाउँछन् । यसमा कुन समय ठिक वा बेठिक भन्न मिल्दैन् यो तपाईको अधिकार को कुरा हो ।

अभिभावक कामकाजी हुनुहुन्छ भने वहाँहरूले चाडैँ नै बच्चालाई स्कुल पठाउन शुरु गर्नुहुन्छ । किनकी नेपालमा कामकाजी महिलाका लागि आफ्ना बच्चाबच्ची हेर्ने सबैभन्दा उत्तम ठाउँ प्रि–स्कुल नै हो । घरमा बच्चाको हेरबिचार गर्ने मानिस भएका अभिभावकले आफ्ना नानीबाबुलाई केही ढिला पनि स्कुल पठाउन सक्नु हुनेछ ।

सामान्यतया बच्चा साढे तीन बर्ष भएपछि मात्र स्कुल पठाउँछौं । यो उमेर बच्चालाई स्कुल पठाउने उमेर पनि हो । अझ योभन्दा अघिको समय साढे दुई वर्षबाट नै बच्चालाई स्कुल पठाउन सक्नु हुन्छ । तर, अढाइ बर्षका नानीबाबुलाई प्रि–स्कुल मात्र पठाउन विज्ञको सुझाव छ ।

प्रि–स्कुल यस्तो ठाउँ हो जहाँ बच्चालाई पढाइदैन् मात्र उनीहरुलाई विभिन्न क्रियाकलापमा पनि समेल गराइन्छ र भरपूर मात्रमा खेलाइन्छ । प्रि–स्कुलमा बच्चाको शारीरिक, मानसिक क्षमता विकासका साथै उनीहरूलाई अनुशासनमा पनि राखिन्छ । प्रि–स्कुल पनि एउटा घर जस्तै नै हो । जहाँ उनीहरु आफू जस्तै बच्चासँग खेल्न सक्छन् ।

आफ्ना बालबालिकालाई स्कुल पठाउँदा अभिभावकले केहीं कुरामा भने ध्यान दिनुपर्छ । जस्तो, नानीबाबुलाई स्कुल पठाउनका लागि अभिभावक मात्र तयार भएर हुँदैन यसका लागि बच्चा पनि तयार हुनुपर्छ । हामी सधै अभिभावका तर्पmबाट मात्र हेर्छौ तर, बच्चा आफैँमा स्कुल जानका लागि कत्तिको तयार छ । त्यो पनि हेर्नु पर्ने हुन्छ । बच्चा यी अवस्थामा मात्र स्कुल जान तयार हुन्छ ।

संचार संवाद
तपाईंको बच्चाले संचारको संवाद कत्तिको गर्छ त्यसलाई हेर्न आवश्यक हुन्छ । जस्तो बच्चाले भोक लाग्यो, दिसा, पिसाव आयो भन्न सक्ने हुनुपर्छ । हुनत प्रि–स्कुलमा बच्चालाई दिनभर राखिदैन् । दिनको ४/५ घण्टा मात्र राख्ने र प्रि– स्कुलका स्टाफआफैँले बच्चालाई दिसा–पिसाब गराइ दिन्छन् । तर, आफ्नो बच्चाले संचार संवाद गर्न सक्ने भने हुनुपर्छ ।

खोपको मात्रा पूरा भए राम्रो
बच्चा स्कुल पठाउनु अघि बच्चालाई लगाउने खोपको मात्रा पूरा हुनु राम्रो मानिन्छ । बच्चा दुई वर्ष पूरा भएसँगै सामान्य खोपको मात्रा पूरा भइसक्छ । यस समयमा बच्चाको पाचन शक्तीको पनि राम्रो विकास भइसकेको हुन्छ ।

वाहिरी वातावरणमा घुलमिल
सानो बच्चा एउटा रुटिनमा चलेको हुन्छ । खाने, सुत्ने, खेल्ने सबै रुटिनअनुसार हुन्छ यसले पनि उनीहरुलाई स्कुल पठाउँदा समस्या आउँदैन । पाँच वर्षसम्म बच्चाको मस्तिष्कको तीब्र विकास हुनेहुनाले उनीहरुलाई विभिन्न क्रियाकलापमा समावेश गराउनु पर्छ । यो समयमा बच्चाले अभिभावकलाई छोड्दै नछोड्ने पनि हुन सक्छन् ।

यसले ३/४ घण्टाका लागि बच्चालाई स्कुल पठाउँदा ऊ तपाईसँग निर्भर रहिरहँदैन् । उनीहरू आफैँ खान र खेल्न सक्ने हुन्छन् । तर, बच्चालाई पढाइको दबाब भने दिनु हुँदैन । अब तपाईं आफैले अनुसन्धान गर्न सक्नु हुन्छ कि तपाईंको बच्चा स्कुल जानका लागि तयार छ कि छैन् ।

तपाईंको बच्चा साढे दुई वर्षदेखि ३ वर्षसम्म स्कुल जानका तयार भइसक्छन् । यो बालबालिका पि–स्कुल जाने समय पनि हो । यहीं समयमा बच्चालाई स्कुल पठाउनु पर्छ भन्ने छैन् । पाँच वर्षसम्म जुनसुकै समयमा पनि आफ्ना बालबालिकालाई स्कुल पठाउन सक्छौं ।