बच्चालाई सधैँ ब्रेडमाजाम किन खुवाउनु हुँदैन ? यस्ता छन् कारणहरू

0
216

ब्रेडमा जाम लगाएर खाजा खानु सबैभन्दा सजिलो विकल्प हो । ब्रेड जाम खान सजिलो मात्र नभइकन यसलाई बालबालिकादेखि वृद्धसम्मले मन पनि पराउँछन् ।

धेरैसो बालबालिका तरकारी वा स्वस्थकर खानेकुरा खाँदा झगडा गर्छन् तर ब्रेडमा जाम लागइदिन्छु भन्नसाथ खान मन गरिहाल्छन् । यदी तपाईं आफ्नो बच्चालाई बिहानको खाजामा ब्रेडसँगै सधैँ जाम दिनुहुन्छ भने यसका बेफाईदाहरु बुझ्न जरूरी हुन्छ ।

जाम बनाउँदा पोषक तत्वमा कमी आउँछ
रिसर्चगेट डट नेटले गरेको अनुसन्धानका अनुसार, स्ट्रबेरी, खुबानी, अन्जीर, चेरी र सुन्तलाबाट बनेको जामको अध्ययन गरेका थिए । यस अध्ययनमा फलफूलबाट बनेको जामलाई २५ डिग्री सेल्सियसको तापक्रममा ५ महिनासम्म राखिएको थियो र फेनोलिक, एन्टिअक्सिडेन्ट गतिविधि र एन्थोसायनिनको स्तर जाँच गरिएको थियो ।

अध्ययनको नतिजा अनुसार नेभारा, चेरी, सुन्तला र खुबानीमा स्ट्रबेरीमा सबैभन्दा धेरै फेनोलिक पाइन्छ । जाम बनाउने प्रक्रिया यस्तो छ कि यसले सबै फलफूलको कुल फिनोलिक्स, एन्टिअक्सिडेन्ट र एन्थोसायनिन्स कम गर्छ, जबकि फलफूललाई बायोएक्टिभ फेनोलिक यौगिकहरूको राम्रो स्रोत मानिन्छ ।

फेनोलिक यौगिकले एन्टिअक्सिडेन्टहरू जस्तै काम गर्दछ, शरीरलाई फ्री रेडिकलहरूबाट बचाउँछ । एकै समयमा, एन्थोसायनिन्सले रक्तचाप कम गर्दछ । यो मधुमेहमा फाइदाजनक छ, आँखाको स्वास्थ्यको लागि पनि राम्रो छ र क्यान्सर कोशिकाहरूको वृद्धिलाई रोक्छ ।

चिनीको मात्रा धेरै हुन्छ
जाम बनाउँदा फलफूललाई उमालेर बनाइन्छ । यसले फलफूलमा पानीको मात्रा घटाउँछ र पोषक तत्वहरू पनि नष्ट गर्छ । यसमा भिटामिन सी पूर्ण रूपमा नष्ट हुन्छ र चिनीको मात्रा बढी हुन्छ, त्यसैले यसलाई दैनिक खाँदा शरीरमा हानी पु¥याउँछ ।
मोटोपन बढ्छ
दैनिक जाम खाने बालबालिकाहरुमा मोटोपना हुन्छ र हृदय रोगको जोखिममा हुन्छन् । जाममा क्यालोरी उच्च हुन्छ र पोषक तत्वको नाममा केही पनि पाइँदैन । यसले मोटोपना निम्त्याउँन सक्छ ।

मिठो खाने बानी हुन्छ
ब्रेड जामले तपाईंको बच्चालाई मिठो खाने बानी लगाउन सक्छ, जुन धेरै हानीकारक हुन सक्छ । जाम जस्ता संरक्षित खानेकुरामा चिनीको मात्रा बढी हुन्छ, जसले मस्तिष्कलाई पूर्णताको गलत संकेत दिन्छ र यसले खाने बानीमा नराम्रो असर गर्छ ।