बलात्कारको आरोपमा युवक पक्राउ

0
118

काठमाडौं । झापामा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुंगाका २३ वर्षीय महमद कमाल छन् ।
२२ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा शुक्रबार साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

कमालले ती महिलालाई विवाह गर्ने आश्वासन दिँदै अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा लगेर बलात्कार गरेको आरोप छ । सो उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुरुंगाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।
कञ्चनपुरमा बलात्कारको आरोपमा पक्राउ
कञ्चनपुरमा पनि बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । ३५ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा बेलौरी नगरपालिका–२, टेडुवाका २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।