बलात्कार पीडित किशोरीलाई सुनाइएको कैद सजाय फैसला उच्च अदालतले उल्ट्यायो

0
158

काठमाडौं । बलात्कारसँग सम्बन्धी मुद्दामा बयान फेरेको भन्दै एक किशोरीलाई साढे ३ वर्ष कैद सुनाउने जिल्ला अदालत अछामको फैसलालाई उच्च अदालत दिपायलले उल्ट्याएको छ ।

पाउने जिल्ला अदालतको फैसलालाई उच्च अदालतले सफाइ सदर गरेपछि पीडित किशोरीलाई सजाय गर्ने जिल्ला अदालतको राय उल्ट्याएको हो ।

अछाम कमलबजारकी १९ वर्षीया एक किशोरीले १० फागुन २०७८ मा आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसका आधारमा जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

ती किशोरीले अदालतसामु आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् । बयान फेरेको भन्दै जिल्ला न्यायाधीश नवीनकुमार जोशीले किशोरीलाई साढे ३ वर्ष कैद सजाय सुनाएका थिए । विवादास्पद फैसलापछि उहाँ सर्वोच्चमा तानिनु भएको थियो ।

त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतका न्यायाधीशहरु देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले पीडितमाथिको सजाय उल्ट्याएको हो ।