बहुविवाह गर्ने सप्तरीका एक पुरुष जेल चलान

0
63

काठमाडौं । बहुविवाह गर्ने सप्तरीका एक पुरुष जेल चलान भएका छन् । सप्तरी जिल्लाका छिन्नमस्ता गाँउपालिका २ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जेल चलान भएका हुन् । जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएको जानकारी दिइएको छ ।

उनकी पहिली श्री मति मञ्जुदेवीको जाहेरीले उनी बहुविवाह मुद्धामा २०७६ सालमा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसाला भएसँगै फरार रहेका उनी फागुन ३० गते २०७९ मा पक्राउ परेका थिए ।

बुधबार जिल्ला अदालतमा पेस गरिएको र कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज पठाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिनुभएको छ ।