‘बारीमा सुकुल ओछ्याएर पढ्न शुरू गर्‍यौँ’

0
93

प्रजातन्त्र प्राप्तिकी ज्यूँदो इतिहास : स्नेहलता

राणाशासनको समयमा नेपालमा ठूलाठूला क्रान्ति कसरी सम्भव भए । जुन समय नेपाली महिला घरको चुलोचौकोबाट बाहिर निस्केका थिएनन् । त्यस्तो समयमा नेपाली महिलाहरू कसरी घरबाहिर निस्कन सके ? जहानियाँ राणाशासनविरुद्ध आवाज उठाउन सके ?

प्रहरीको लात–घुस्सी तथा जेलनेस सहेर पनि नेपाली नारीहरू राणाशासनविरुद्ध क्रान्तिमा होमिन तयार भए । नेपाली महिलामा क्रान्तिको बीज कसरी रोपियो ? त्यो क्रान्तिबीजलाई अनेक बाधाबाट अंकुरित गराउँदै मलजल गर्ने कोबाट कसरी भयो ?

महिला अधिकार र जहानियाँ शासनविरुद्ध लागी स्वतन्त्रता प्राप्तिमा ठूलो योगदान दिनुभएकी स्नेहलताले आफूले खासै राजनीतिक लाभ लिन चाहनु भएन । तर पनि उहाँले गर्नुभएको योगदानकै कारण आज करोडौं नेपालीले प्रजातन्त्रको अनुभव गर्न पाएका छन् ।

श्री स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठको नेपाली राजनीतिमा ठूलो योगदान रहेको छ । उहाँको राणाशासनको अन्त्य र उनीहरूको हातबाट नेपाली जनताको हातमा शासनसत्ता ल्याउन भूमिका रहेको छ । वि.सं. १०८९ मा काठमाडौंमा जन्मनुभएकी स्नेहलता सानै उमेरदेखि राणाशासनविरूद्ध र महिला मुक्तिका लागि लड्नुभयो ।

उहाँको योगदानका कारण आज करोडांै नेपालीले स्वतन्त्रता प्राप्त गरेका छन् । महिलाले शिक्षा आर्जन गर्न पाएका छन् । सानो उमेरमा नै आमाबुबा गुमानुभएकी स्नेहलतालाई पारिवारिक जिम्मेवारी पनि सानै उमेरमै आइलाग्यो । घर र राजनीतिलाई सँगै अघि बढाउनुएकी स्नेहलताले कहिल्यै पनि आप्mनो स्वार्थका लागि राजनीतिलाई प्रयोग गर्नुभएन ।

अहिले ९१ वर्ष हुनुभएकी स्नेहलता नेपाली राजनीतिमा ज्यँदो इतिहास हुनुहुन्छ । उहाँ आज पनि धाराप्रवाह रूपमा राजनीतिका विषयमा बहस गर्न सक्नुहुन्छ । कान कम सुने पनि उहाँको मानसिक तथा शारीरिक अवस्था पूर्ण स्वस्थ रहेको छ । उनै वयोवृद्ध राजनीतिज्ञ स्नेहलतासँग नारी नेपालकी सम्पादक पूजा ढकालले राजनीति विषयमा गर्नु भएको कुराकानी सारसंक्षेप :


तपाईं वि.सं. २००४ मा गिरप्तफरीमा पर्नुभयो । तपाईं के गर्नुभएको थियो र तत्कालीन सरकारले त तपाईंलाई गिरफ्तार गर्‍यो ?

राणाशासनको जगजगी थियो । जनता राणाशासनबाट मुक्ति चाहन्थे । म त्यसबेला१५/१६ वर्षको केटाकेटी नै थिए । राणाशासनविरुद्ध हामीले सत्याग्रह आन्दोलन गरेका थियौँ ।

सत्याग्रहको आन्दोलनमा मसहित चार जना महिला र अन्य कैयौँ पुरुष साथीहरू गिरफ्तारीमा पर्‍यौं । गिरफ्तार गरी हामीलाई मोहनशमबेरको दरबारमा राखियो । हामीले त्यहाँ बस्दा पढ्नुपर्छ, मान्छे भेट्न पाउनुपर्छ भन्यौँ । पढ्नलाई रामायण दिइयो साथमा गोरखापत्र पनि दिइयो । हामीलाई सादा खाना दिइएको थियो तर गोरखापत्रमा हामी बन्दीलाई मासुभात खुवाएर राखिएको छ भनेर छापिन्थ्यो ।
त्यस समयमा महिलालाई पल्लो घरको पुरुषसँग बोल्नेसमेत अनुमति थिएन । त्यस समय आन्दोलनमा गएर गिरफ्तार परेका महिलाहरूको स्थिति कस्तो थियो र उनीहरूलाई समाजले कसरी हेथ्र्यो, यसका बारेमा केही स्पष्ट पारिदिनुहोस् न ?

प्रहरी हिरासतमा रहँदा प्रहरीले हामीमाथि निकै ज्यादती गथ्र्यो । यातना कठोर दिन्थ्यो । यता अब समाजले हामीलाई के गर्ने हो, त्यसको कुनै पत्तो थिएन । प्रहरी हिरासतमा रात बिताएका महिला भनेर समाजले हामीलाई अवहेलना गर्ने, सामाजिक बहिष्कार गर्ने अवस्था थियो । गिरफ्तारीबाट मुक्त भएपछि सीधै घर जाने स्थिति थिएन । त्यस बेला हामीले निकै कठिन परिस्थितिको सामाना गर्‍यौँ ।

हामी गिरफ्तारीमा पर्दा धेरै पुरुष साथी हुनुहुथ्यो । हामी चार महिलामा म, साधना, साहना र कनकलता थियौँ । तर, राणाशासकले हामी सबैलाई एकै ठाउँमा राखेको थियो । महिला र पुरुष एकै ठाउँमा बस्ने सुत्ने त गर्नु भएन ।

त्यसैले हामीले ओडेको खास्टोलाई गाठो पारी पर्दा जस्तो बनाएर केही छुट्टै बस्यौँ । हामीभन्दा अलि अगाडि सहाना प्रधानका भाइ र पुष्पलाल सुते । म जेल परेँ भनेर मेरा आफन्तले नै घरबाटै बहिष्कार गरेँ । २००७ सालको क्रान्ति सफल भएपछि मात्र आफन्तले हामीलाई स्वीकार गरे ।

सोही समयमा महिला संगठनको महसुस गर्‍यौँ र विसं. २००४ साउन २२ गते मंगलादेवी सिंहको अध्यक्षतामा म महासचिव भएर नेपाल महिला संघको स्थापना गर्‍यौँ । यही संघबाट हामीले सामाजिक र रानजीतिक गतिविधि अगाडि बढायौँ । त्यस समय सामाजिक र राजनीतिक गतिविधि अघि बढाउन त्यति सजिलो थिएन ।

हामी छोरी र बुहारी, मंगलादेवी आफै गणेशमानकी श्रीमती हुनुहुन्थ्यो । उहाँलाई पनि उहाँ सासूससुराले सजिलै घरबाहिर निस्कन दिनु हुँदैनथ्यो । संगठनमा धेरै थियौँ तर काम गर्ने जम्मा पाँच जना । मंगलादेवी, चम्पादेवी वज्राचार्य, हीरादेवी यमी, अहिलेकी हिसिला यमीकी आमा लगायतका म थियौँ ।

महिलाले शिक्षा पाउनुपर्छ भनी तपाईंहरूको संगठनले जोडदार माग गरेको थियो नि होइन र ?

महिलाले पढ्न पाउनुपर्छ भनेर तत्कालीन राणाप्रधानमन्त्री पद्मशमसेरलाई हामै्र संगठनले भनेको थियो । त्यसअघि नै हामीले २००३ सालमा बारीमा सुकुल ओछ्याएर पद्मविद्यापीठ नाम राखेर पढ्न र केही महिलाले पढाउन शुरू गरेका थियौं । वि.सं. २००४ सालमा महिला संगठन खोलेपछि हाम्रो पहिलो माग नै महिलाले पढ्न पाउनुपर्छ भन्ने थियो । त्यसपछि हाम्रो मागअनुरूप नै विस्तारै विद्यालयहरू खुल्दै गए । पद्मोदय कन्या स्कुल त्यसैको परिणाम हो ।

आज जनताले पाएको स्वतन्त्रता देख्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
हामी सानै थियौं । मात्र १४/१५ वर्षका । म प्रायशः मामा घर गइरहन्थे । मामाघरमा मामाका छोराहरूले राजनीति गफ गर्नुहुन्थ्यो । म चाख दिएर सुन्थेँ । दाजुहरूले लोग्ने मानिस र स्वास्नी मानिसले समान अधिकार पाउनुपर्छ भन्नुहुन्थ्यो । प्रजातन्त्र प्राप्तिको कुरा गरिरहनुहुन्थ्यो । राणाशासनको अन्त्य तथा शिक्षाका विषयमा कुरा गर्नुहुन्थ्यो ।

यी तमाम विषयले मलाई राजनीतिमा लाग्ने प्रेरणा दियो । यसैको फलस्वरूप म १५ वर्षकै उमेरदेखि राजनीतिक गतिविधिमा सक्रिय हुन थालेँ । ती दिन अहिलेको जस्तो सहज थिएन । साह्रै कठिन थिए । राणाशासनविरुद्ध बोल्दा ज्यानसमेत जान्थ्यो । तर, हाम्रो मुख्य उद्देश्य स्वतन्त्र प्राप्ति नै थियो ।

कैयौं अग्रज तथा राजनीतिक यौद्धाहरूको बलिदानका कारण आज हामी स्वतन्त्रतापूर्वक बाच्न पाएका छौँ । यसको श्रेय हाम्रा तमाम अग्रज पाउनुपर्छ र केही हामीले पनि । आजको यो राजनीतिक स्वतन्त्रता देख्दा औधी खुशी लाग्छ । स्वतन्त्रता प्राप्तिका लागि हामीले गरेको कार्य सफल भएको छ । नेपाली राजनीतिमा धेरै कुरा पूरा हुन बाँकी रहे पनि अहिलेको स्वतन्त्र देख्दा भित्रैदेखि मन खुशी हुन्छ ।

ती दिन सम्झँदा, त्यति बेला सामाजिक परिवेश, समाजको वास्तविक चित्र र महिलाको स्थिति कस्तो थियो ?
काठमाडौं, ललितपुर, भक्तपुर अहिलेको जस्तो विकसित थिएन । संस्कृतिले धनी शहर भए पनि खासै विकास भएको थिएन । समाजमा महिलालाई घरबाहिर जाने, पढ्ने र पर पुरूषहरूसँग बोल्ने अनुमति पनि थिएन । महिलाले आफ्ना श्रीमान्को दैनिक खुट्टा धोएर मात्र खाना खानुपथ्र्याे ।

महिलाको स्थिति अत्यन्त दयनीय थियो । समाजमा धनी र गरिब ठूलो खाडल थिए । तर, धनी र गरिब महिलाको स्थिति भने अहिलेको जस्तो फरक थिएन । महिला धनी वा गरिब जस्तो भए पनि सामाजिक स्थिति समान थियो । समाजमा पढेलेखेका मानिस हुँदैनथे । शिक्षाको अभाव थियो । संस्कृतिमा धनी समाज भए पनि शैक्षिक हिसाबले समाज निकै पछाडि थियो ।

अहिलेको जस्तो नेपाली महिला आर्थिक क्षेत्रमा अगाडि आउन सकेका थिएनन् । महिलाले आफ्ना दाजुभाइभन्दा परपुरुषसँग कुरा गर्‍यो भने बात लगाउँथे । समाज निकै सङ्कीर्ण थियो ।

तपाईं त्यसबेला पढेलेखेकी हुनुहुन्नथ्यो होला अनि कसरी राजनीतिमा लाग्न पुग्नुभयो ?
मैले पहिल्यै भनिसकँे म सानैदेखि राजनीति कुरामा चाख दिन्थे । तत्कालीन राणा शासनले हामीलाई राजनीतिमा लाग्ने प्रेरणा दिइरहेको थियो । विशेषगरी तत्कालीन समयमा महिलाको स्थिति दयनीय थियो । विवाह गरेर ल्याएका दुलहीहरूलाई घरको सदस्यभन्दा पनि काम गर्न ल्याइएका कमारीहरूजस्तो व्यवहार गरिन्थ्यो ।

दिनभर काममै लगाइन्थ्यो । महिला र पुरुषबीच ठूलो भेदभाव थियो । मलाई यो चित्त बुझिरहेको थिएन । वास्तवमा म राजनीतिमा लाग्नुको कारण हो– महिला र पुरुष बराबरी हुन् र उनीहरूले समाजमा बराबरी अधिकार प्राप्त गर्नुपर्छ भनेर बुझाउनु हो ।

कुनै दिन सोच्नुभएको थियो ? तपाईंहरूको कठिन संघर्षले आज राजनीतिमा यत्रो परिवर्तन ल्याउँछ भनेर ?
हामीले स्वतन्त्रका लागि लडेका थियौँ । आजको स्थिति तथा यस्तो परिवर्तन आउँछ भन्ने त्यो समयमा लागेको थियो । तर, हाम्रो उद्देश्यअनुरूपको सफलता प्राप्त अझै भएको जस्तो लाग्दैन ।

हामीले राणाशासन विरुद्ध, स्वतन्त्रताका लागि लड्दा देशका लागि लडेका थियौँ । आप्mना लागि कहिल्यै लडेनौँ । देश पहिलो प्राथमिकतामा थियो । तर, अहिले देशभन्दा पनि नेताले व्यक्तिगत जीवनलाई पहिलो प्राथमिकतामा राख्दा निकै दुःख लाग्छ ।

राजनीतिमा महिलाले जस्तोसुकै ठूलो संघर्ष गरे पनि पुरुषकै छत्रछायाँमा मात्र बस्नुपर्ने किन होला ?
महिला पुरुषको छत्रछायाँमा बस्नु परेको मुख्य कारण अर्थनीतिले गर्दा हो । जबसम्म महिला आफ्नो खुट्टामा टेकेर आर्थिक रूपमा बलियो हुँदैनन् तब महिला पुरुषको छत्रछायाँमा बसिरहनुपर्छ ।
एकैपटक लामो समय उहाँसँग कुरा गर्न असमर्थ भएकाले अन्य जानकारी अन्य भागमा ल्याउनेछौं ।