बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ

0
134

ललितपुर । बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका(२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

हुम्ला सिमिकोट गाउँपालिका(६ घर भएका ४१ वर्षीय सिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरुपयोग गरेको आरोप छ ।

यौन दुरुपयोग गर्दै गर्दा बालिकाले यस्तो नगर्नु भन्दा सिंहले बालिकालाई उल्टै कुटपिट तथा शारीरिक यातना समेत दिएका थिए । सोही आधारमा आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ । सिंहउपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।