बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

0
106

काठमाडौं । रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोप लागेका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका(६ बस्ने २१ वर्षीय चिरन्जिवी बोहरा हुन् ।

उनलाई बिहिबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो। बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका(१ बगरस्थित घरमा लगि जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

सोही उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकोछ।