बेलायती टिभी रियालिटी शो ‘लभ आइल्याण्ड’मा नेपालकी रुचि गुरुङ

0
89
news sky

काठमाडौं । बेलायतको चर्चित टेलिभिजन रियालिटी शो ‘लभ आइल्याण्ड’मा नेपाली मोडल तथा ब्युटिसियन रुचि गुरुङले प्रवेश गरेकी छन् । निर्माताले सोमबार सार्वजनिक गरेको सूचीमा गुरुङको नाम पनि उल्लेख छ ।

डेटिङसम्बन्धी यो कार्यक्रम त्यहाँको आईटीभी २ बाट प्रसारण हुने गर्छ । कार्यक्रमको बारेमा बाल्दै रुचि भन्नुहुन्छ ‘म अविवाहित छु र मायाको खोजीमा छु, र यो मेरो लागि कसैलाई खोज्ने उत्तम अवसर हो ।’
तर, केटामा मैले भनेका गुणहरु हुन आवश्यक छ ‘उचाइ, राम्रो मुस्कान र राम्रो फेसन सेन्स ।’

आफूलाई वर्णन गर्दै उहाँ भन्नुहुन्छ, रुची आफू ‘सुपर केयरिङ’ भएको मेरो प्रेमको भाषा उपहार दिने हो,  कुनै महत्वकांक्ष नभएका केटहरु आफूलाई मन पर्ने उहाँको भनाइ छ ।

यो शोमा एक सामुन्द्रिक टापुमा प्रतियोगी मायाको लागि प्रतिस्पर्धा गर्छन् । उक्त क्रममा माया प्राप्त गर्न नसक्ने र धोका खाने बाहिरिन्छन् । शोको यो दशौं श्रृंखला हो र जित्नेले ५० हजार पाउण्ड पुरस्कार प्राप्त गर्नेर्छन् ।