बैंकको सञ्चालक समितिमा एक महिला अनिवार्य

0
70

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कम्तिमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ । बिहीबार अर्थमन्त्री बर्षमान पुनले संसदमा पेस गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ ।

हाल ऐनको दफा १७ अनुशार योग्य एक व्यक्ति नियुक्त हुने व्यवस्था थियो । त्यसैलाई संसोधन गर्दै कम्तिमा एक महिला सहित दुई जना स्वतन्त्र सञ्चालक अनिवार्य गर्न प्रस्ताव गरिएको हो ।