भाइरल भिडियो प्रकरणमा बोले निश्चलः ‘गाली गर्न पाएपछि पछि हट्नु हुन्न है’

0
24

काठमाडौं । हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको मेयर बालेन र चलचित्र निर्देशक निश्चल बस्नेतको छोटो भिडियो क्लिप विवादमा निर्देशक निश्चल बस्नेतले मुख खोलेका छन् ।

भाइरल भएको भिडियोमा निश्चल बस्नेतले मेयर बालेन शाहलाई नमस्कार नर्फकाएको देखिन्छ । गत चुनाव अघि नै खिचिएको भिडियोलाई अहिले आएर चरित्र हत्या गर्ने शैलीमा प्रचार गरिएको भन्दै निश्चलले फेसबुक स्टाटसमार्फत यसको खण्डन गरेका छन् ।

निर्देशक बस्नेतले बुधबार साझ लामो फेसबुक स्टाटस लेख्दै ‘कसैको चरित्र हत्या गर्न कति सजिलो भएको छ आजकाल । भिडियो क्लिप निकाल्यो आफूलाई मनलागेको लेख्यो अनि सुरु हुन्छ खेला । गाली गलौच गर्नलाई औंला चिलाइहाल्छ । खाते, काले, चुतिया, फिल्म बहिष्कार गनुपर्छ यस्ता पनि कलाकार रे ।’

उनले यो भिडयो क्लिप अहिलेको नभएर बालेन मेयर बनाउने क्यापेन चलिरहेको बेलाको भएको पनि स्पष्ट पारेका छन् । ७ /८ महिना अघिको भिडियोलाई बिचको क्लिप झिकेर चरित्र हत्या गर्न खोजेको उनको आरोप छ ।

सो समयमा बालेन र आफूंले अन्य मानिसलाई नमस्ते गरिरहेको बताएका छन् । उनले आफ्नो स्टाटसमा ‘मैले मेयर ज्यूलाई रेस्पेक्ट गरिन रे । सत्य के हो मतलब भएन…… गाली गर्न पाएपछि पछि हट्नु हन्न हैं।’ भन्दै निर्देशक बस्नेतले व्यङग पनि गरेका छन् ।