भारतले जित्यो काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि

0
454

काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।
दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३–० ले हराउँदै भारतले उपाधि जितेको हो ।
यो प्रतियोगितामा अपराजित रहेको काजाकस्तान फाइनलमा भने भारतसित पराजित हुन पुग्यो । डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।