भारत पनि चन्द्रमामा, प्रधानमन्त्री ‘प्रचण्ड’ले दिनुभयो बधाई

0
89

काठमाडौं । भारतले आज चन्द्रमा चन्द्रयान सफलपूवर्क अवतरण गराएको छ । यो चन्द्रयान चन्द्रमामा पुगेसँगै भारत चन्द्रमामा यान पुर्‍याउने चौथो राष्ट्र बनेको छ । बुधबार साँझ भारतले पठाएको चन्द्रयान(३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।

इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। जुलाई १४ मा चन्द्रयान(३ प्रक्षेपण भएको थियो। चन्द्रयान(३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन्। ल्यान्डरको नाम विक्रम राखिएको छ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो। विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ।  प्रज्ञानको तौल २६ किलो छ। सन् २०१९ मा भारतले पठाएको चन्द्रयान(२ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद भएको थियो।

इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले २०१९ मा अवतरणका क्रममा भएका प्राविधिक गल्तीलाई यसपालि सच्याइएको बताएका छन्। यसअघि अमेरिका, चीन र तत्कालीन सोभियत संघले चन्द्रमामा यान पठाएका थिए। तर उनीहरू सबैले चन्द्रमाको भूमध्यरेखा आसपासमा यान  पठाएका थिए अमेरिकाले पटक(पटक अन्तरिक्षयात्री पठाएको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो मुलुक हो। प्रज्ञान रोभरले अब चन्द्रमाको दक्षिणी ध्रुवको सतहको अध्ययन गर्ने छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिनुभएको छ । उहाँले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था इएसआरओ० का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । उहाँले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गर्नुभएको छ । भारतले आज चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको छ ।