भुवन केसीले हालेको साम्राज्ञी विरुद्धको १० करोडको मुद्धा साम्राज्ञीले नै जितिन्

0
141

काठमाडौं । अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ।

बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले सो फैसला सुनाएको हो । साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली(बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गर्दै जिल्ला अदालतले जनाएको छ ।साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउनु भएको थियो । यसपछि भुवन केसीले उहाँविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली(बेइज्जती मुद्दा हालेका थिए।

साम्राज्ञी शाहका वकिल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बुधबारै अन्तिम बहस सकिएको र आफ्नो पक्षले मुद्दा जित्ने गरी फैसला आएको बताए। सुटिङका क्रममा भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै साम्राज्ञी शाहले तीन वर्षअघि सामाजिक सञ्जालमार्फत बताउनु भएको थियो ।

साम्राज्ञीले आफ्नो गाली(बेइज्जती गरेको भन्दै भुवनले उनीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दिएका थिए।
सोही मुद्दामा बुधबार जिल्ला अदालत काठमाडौंले साम्राज्ञीको पक्षमा फैसला सुनाएको हो। साम्राज्ञीले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मुद्दा जितेको भन्दै भिडिओ पोस्ट गर्नु भएको छ ।