महिलालाई फेसबुकमा दुरव्यवहार गर्ने व्यक्ति पक्राउ

0
29

काठमाडौं । विदेशमा बसेर नेपाली महिलालाई फेसबुकमार्फत दुरव्र्यवहार गर्ने रूपन्देहीका एक व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका ११ नौदिअवा घर भई हाल दुबईमा रहेका ३१ वर्षिय विश्वनाथ कुर्मी रहेका छन् ।

कुर्मीले फेसबुकमा साथी बनाई कुराकानी गर्ने क्रममा विभिन्न प्रलोभनमा पारी महिलालाई अश्लिल भिडियो/अडियो बनाएका थिए । सो स्क्रिन सट लिई कुर्मीले महिलाका आफन्तलाई म्यासेन्जरमा पठाउँदै आएका थिए ।

र, पीडितलाई मानसिक दुःख समेत दिएका थिए । कुर्मीलाई दुबईबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो पक्राउन परेका उनीमाथि विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसूरमा थुनामा राखिएको प्रहरिले बताएको छ ।