महिला निर्मित पहिलो चलचित्र महोत्सव सम्पन्न

0
21

काठमाडौं । ‘वुमन मेक फिल्म फेष्ट’ सम्पन्न भएको छ । ‘किपालय प्रडक्सनले प्यान इन्टरनेसनलको गल्र्स गेट इक्कल’ अभियानसँगको सहकार्यमा शुक्रबार काठमाडौंमा एकदिने महिला केन्द्रित फिल्म फेष्टिभल आयोजना गरिएको हो ।

‘वुमन मेक फिल्म फेष्ट’ शीर्षकमा अष्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेष्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका फिल्महरू प्रदर्शन गरिएको थियो । विहान ११ बजेदेखि २ बजेसम्म चलेको फेष्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा फिल्म प्रदर्शन गरिएको थियो ।

फेष्टिभलमा महिलाले बनाएका फिल्म प्रदर्शन गरिएको हो । फेष्टिभलमा समावेश फिल्महरू तीन स्टलमा छुट्याएर प्रदर्शन गरिएको थियो । किपालय प्रमुख आश्मा पोख्रेलले महिलाहरूले बनाएको फिल्म मात्र प्रदर्शन गरिनु आफैँमा नयाँ आयम थपिएको बताइन् ।