महिला आश्रय सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन शुरू

0
442

काठमाडौं, नेपाल – नेपालमा लैङ्गिक हिंसा पीडितर प्रभावितहरूका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आज काठमाडौंको शुरू भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा सम्मेलनले लैङ्गिक हिंसाका समस्यालाई सम्बोधन गर्ने र प्रभावकारी आश्रय गृह सेवामार्फत महिला तथा बालबालिकाको सशक्तीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

यस सम्मेलनमा नेपाल सरकारका प्रमुख तथा प्रतिनिधि, प्रदेस तथा स्थानीय सरकारका प्रतिनिधि, आश्रय गृह सञ्चालक तथा व्यवस्थापक, एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रतिनिधि, लैङ्गिक विज्ञ, लैङ्गिक हिंसा पीडित ∕ प्रभावित, मनोसामाजिक परामर्शकर्ता,पत्रकार महिला, महिला अधिकारकर्मी सहभागी हुनु भएको छ ।

कार्यक्रममा आश्रय गृहसँग सम्बन्धित महत्वपूर्ण विषयहरुका ६ समानान्तर विषयतग सत्रहरु र ३ पूर्ण सत्रहरू संचालन हुनेछ जसमा आश्रय गृह सञ्चालन सम्बन्धी मापदण्ड, नविनतम मुद्दाहरू,प्रेषण संयन्त्र र पीडित केन्द्रित अवधारणा आदि रहेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले हिंसा पीडित महिला तथा बालबालिकालाई न्याय र सशक्तीकरण सुनिश्चित गर्न आश्रयस्थलले दिने सेवाको गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय महिला आयोगकी माननीय अध्यक्ष कमला पराजुलीले घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालिकाको जीवन पुनर्निर्माणमा आश्रय सेवाले खेलेको महत्वपूर्ण भूमिकामाथि प्रकास पाुर्न भएको थियो । आश्रय गृहले पीडित महिला तथा बालबालिकालाई हिंसा विरुद्ध आवाज उठाउन सहयोग गर्दै आएको छ ।

विभिन्न संघ संस्थाले आश्रय गृह सञ्चालन गरेर राज्यलाई सघाउदै आएको छ तर अन्तमा यसको अभिभावकत्व राज्यले नै लिनुपर्ने हुन्छ ।

कार्यक्रममा सांसद डा आरजु राणा देउवाले नेपालमा आश्रय आन्दोलनको इतिहास झल्काउँदै उपलब्धी, चुनौतीका बारेमा आफ्नो भनाइ राख्नु भएको थियो । उहाँले, “महिला आश्रयस्थलबाट व्यवस्थापन गरिएका केस, तथ्याङ्क र अन्य प्रमाणलाई लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी नीति तथा नियमहरूमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कानून निर्माता र महिला अधिकारकर्मीको हैसियमता आश्रय केन्द्रहरूसँग सम्बन्धित नीतिका साथै आश्रय सेवाहरूको अनुगमन र नियमनलाई सुदृढ पार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्मेलनको प्रर्वतक तथा ग्लोबल नेटवर्क अफ वुमन शेल्टर्सकी सह(संस्थापक तथा पूर्व सह संस्थापक बन्दना राणाले आश्रय गृह आन्दोलनलाई राष्ट्रिय र विश्वव्यापी रूपमा अगाडि बढाउने आफ्नो अनुभव जोड्नु भएको थियो ।

उहाँले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा आश्रय गृह सञ्चालन गर्ने विभिन्न संघ संस्थाहरुकोे संयुक्त प्रयास र आश्रय गृह सेवाहरूमा आएको नयाँ प्रवृत्ति र दृष्टिकोणको उदयलाई जोड दिंदै यस सम्मेलनले सबै सरोकारवालाहरूलाई उपलब्धि र चुनौतीहरू प्रतिबिम्बित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्रदान गर्ने बताउनु भयो ।

आश्रय गृह सञ्चालहकहरुको संयुक्त प्रयासले समाज र घरबाट अपहेलित भएका लैङ्गिक हिंसा पीडित ∕ प्रभावितका विविध आवश्यकताहरू र गुणस्तरीय सेवाहरूलाई सम्बोधन गर्न मद्दत गर्छ,उहाँले थप्नुभयो।

साथीका अध्यक्ष सजनी अमात्यले सम्मेलनले महिला आश्रयलाई थप समावेशी र महिला तथा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न नीतिगत निर्देशन दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

साथी संस्थाका सहसंस्थापक,निवर्तमान अध्यक्ष महिला आश्रय गृह राष्ट्रिय सञ्जालका संस्थापक उमा राज्यलक्ष्मी शाहले कोभिड–१९ ले आश्रय गृह सञ्चालकहरूलाई सामूहिक अभियानको आवश्यकता महसुस गरेको बताउनु भयो ।

शाहले थप जानकारी दिंदै भन्नुभयो साथीले २०२० मा राष्ट्रिय आश्रय गृह सञ्जालको थालनी गरेको थियो र हाल यसको सचिवालयको रूपमा काम गरिरहेको छ । यसले सहकार्यलाई सहजीकरण गर्दै आश्रय गृह सेवाहरूलाई नेपालमा आवश्यक सेवाको रूपमा मान्यता दिन वकालत गर्दै आएको छ।

कार्यक्रममा शक्ति समूहका पीडित ∕ प्रभावितहरूले लैङ्गिक हिंसालाई चित्रण गर्ने नृत्य प्रस्तुत गरेका थिए । पीडित महिलाहरूले पनि आश्रयस्थलहरूमा आएपछि उनीहरूको जीवन कसरी परिवर्तन भयो भनेर प्रकाश पार्दै आफ्ना कथा र अनुभवहरू साटेका थिए ।