महिला उद्यमी महासंघ नेपाल (एफविन) को अध्यक्षमा शोभा ज्ञवाली

0
119

 

काठमाडौ । महिला उद्यमी महासंघ नेपाल (एफविन) को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित हुनु भएको छ । शुक्रबार काठमाडौं आयोजित महासंघको २०औ साधारण सभा तथा नवौँ महाधिवेशनबाट अध्यक्षमा ज्ञवाली निर्विरोध निर्वाचित हुनु भएको हो ।

यस अघि ज्ञावाली महासंघमा प्रथम उपाध्यक्ष रहनु भएको थियो । ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य समेत हुनुहुन्छ । अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको महासंघले जानकारी दिएको छ।

महिला उद्यमी महासंघको महासचिवमा कुन्नम पोखरेल, सचिवमा सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी चयन हुन भएको छ ।