महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा राजेन्द्र नियुक्त

0
85

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त हुनु भएको छ ।
साउदी अरेवियामा फेब्रुअरी १८ देखि २८ सम्म हुने उक्त प्रतियोगिताका लागि उहाँले जिम्मेवारी पाउनु भएको हो । उहाँले वाफ महिला च्याम्पियनसिपमा नेपालको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्ने हुने छ ।

प्रमुख प्रशिक्षक तामाङ सहित टिमको सहायक प्रशिक्षकको रुपमा कमला राखल र टिम व्यवस्थापकको रुपमा विन्दा देवाल नियुक्त हुनु भएको छ । नियुक्त भएसँगै प्रशिक्षक तामाङले ४० सदस्यीय टोलीलाई प्रशिक्षणका लागि बोलाउनु भएको छ ।

पश्चिम एसियाली फुटबल महासंघद्वारा आयोजित यस प्रतियोगितामा नेपालसहित ८ टिमले भाग लिनेछन् । जसमा जोर्डन, लेवनान, इराक,प्यालेस्टाइन, साउदी अरेविया, सिरिया, गुआम र नेपाल छन् ।
उहाँलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बुधबार नियुक्ति दिएको हो ।