‘माओबादीले कल्पना गरेको राज्य यो होइन्’ : अचारे काकी दुर्गादेवी

0
176

दुर्गादेवी दाहाल १० वर्षे जनयुद्धमा अचारे काकीका रूपमा माओवादीमा परिचित हुनुहुन्थ्यो । तत्कालीन माओवादी केन्द्रीय सदस्य ईश्वरी प्रसाद दाहालकी श्रीमति दुर्गादेवी जनयुद्धमा करीब १० वर्ष भूमिगत रहनु भयो ।

हाल ८१ वर्षमा हिडिरहनु भएकी दुर्गादेवी जनयुद्धमा होमिदा करीब ५३ वर्षको हुनुहुन्थ्यो । उहाँ एक उद्यमी पनि हुनुहुन्छ । जनयुद्धमा लाग्नु अगाडि नै उहाँले विभिन्न चिजका अचार बनाएर विक्री वितरण गर्दै आउनु भएको थियो । जनयुद्धको समयमा विशेषगरी, रोल्पामा बस्दा त्यहाँ गाउँमा फलेका कागतीलाई उपयोग गर्दै सयौँ केजी कागतीको अचार बनाएर माओबादी लडाकुहरूलाई खुवाउनु भएको थियो ।

माओवादी मूलधार राजनीतिमा आएपछि उहाँले अचार बनाउने कामलाई व्यवसायमै परिणत गर्नु भयो । व्यवसाय राम्रै चलिरहेको थियो तर, वृद्ध अवस्थाले गर्दा उहाँले केही वर्ष यता यो व्यवसायबाट विश्राम लिनु भएको छ । उनै दुर्गादेवीसँग नारी नेपालले उहाँको जीवनीका बारेमा गरेको कुराकानी :

वि।स। १९९९ सालमा जन्मनु भएकी दुर्गादेवीको २०१३ सालमा १४ वर्षको उमेरमा रामेछापका ईश्वरी प्रसादसँग विवाह बन्धन बाधिनु भयो । ईश्वरी प्रसाद सानै उमेरबाट घरपरिवारभन्दा राजनीतिमा बढी सक्रिय हुने । छोरो राजा विरोधी राजनीतिमा लागेर बिग्रियो भन्दै उहाँका बुबाले छोराबुहारीलाई गरिखानका लागि १८ वर्षको कलिलो उमेरमा दुर्गादेवी र ईश्वरी प्रसादलाई छुट्याइदिनु भयो ।

‘छुट्टिदा कलिलै थियौँ । त्यसमा पनि उहाँ (श्रीमान्) पढ्न र राजनीतिमा व्यस्त । बालखा बच्चा एक्लै हुर्काउनु पर्ने, खेती लगाउनु पर्ने सारै दुःख थियो,’ उहाँ भन्नुहुन्छ ‘म त्यो बेलाको कुरा गर्न पनि सक्दिन आँशु आउँछ ।’ २०२२ सालमा ईश्वरी प्रसादले बाँसबारी छाला जुत्ता कारखानामा मेनेजरका रूपमा काम शुरू गर्नु भयो ।

सोही समयमा ईश्वरी प्रसाद र दुर्गादेवीले काठमाडौंमा डेढ रोपनी जग्गा समेत जोड्नु भयो । जीवन सहजै थियो । पाँच बर्ष काम गरेपछि राजनीतिमा होमिने भन्दै एक दिन जागिर छोडेर पुनः ईश्वरी प्रसाद परिवारसहित रामेछाप फर्कनु भयो ।

श्रीमान् राजाविरूद्ध भूमिगत राजनीति दलमा प्रवेश गरेपछि दुुर्गादेवीका दिन भने झन कठिन हुन थाले । एकदिन ईश्वरी प्रसाद घरमा रहेकी दुर्गादेवीलाई मलाई प्रहरी पक्रन आउन सक्छ भन्दै घरबाट फुत्त निस्कनु भयो । दुर्गादेवीलाई पत्यार नै लागेन । के गरेको छ र पक्रनु प्रहरीले रु उहाँले आफूलाई नै प्रश्न गर्नु भयो ।

तर, उहाँ गएको केही समयपछि साच्चिकै प्रहरी आए । श्रीमान्लाई खोज्दै आएका प्रहरीले ईश्वरी प्रसादलाई नभेटेपछि उहाँहरूका जेठा छोरालाई नै लाने निणर्य गर्‍यो । कसो–कसो गरी दुर्गादेवीले प्रहरीको आँखा छलेर छोरालाई काठमाडौं भगाउनु भयो । ‘सामान्य रूपमा चलिरहेको घरबार एकैछिनमा बिल्लीबाठ पो भयो । ती बालखा छोराछोरी लिएर एक्लै बसे,’ उहाँ भन्नुहुन्छ ।

घरमा बस्न निकै कठिन थियो । प्रहरी र आर्मी छापामार्न आइरहन्थे । पञ्चायतकालमा दिन दाहाडै राजा चाहिँदैन् भन्दै भाषण गरेकाले उहाँको टाउकोको मूल्य ६० हजार तोकियो । यता प्रहरीले घरजग्गा पनि रोक्का राखिदियो ।

श्रीमान् काहाँ हुनुहुन्छ दुर्गादेवीलाई थाहा थिएन । त्यसवेला राजा विरूद्ध बोल्ने नेतालाई प्रहरीले खोजी–खोजी मार्ने गरेको थियो । सरकारले यति जना मार्‍यो उति जना मार्‍यो भन्ने खबर मात्र उहाँका कानमा पुग्थ्यो । कतै आफ्ना श्रीमान्लाई प्रहरीले पक्रेर मारिसक्यो कि ?

कहिलेकाही श्रीमान्का साथीले ल्याउने उहाँ जिउँदो भएको खबर नै दुर्गादेवीका लागि पर्याप्त थियो । ‘सरकारले उहाँलाई प्रक्रिएको छैन् तपाईं नआत्तिनु भन्ने खबर पाएको दिन मन निकै हलुका हुन्थ्यो राती निद्रा पनि पर्‍थ्यो’ उहाँ भन्नुहुन्छ ।

ईश्वरी प्रसाद धेरै दिन राज्यलाई छलेर राजाविरूद्ध भाषण गर्दै हिड्न सक्नु भएन उहाँलाई सिराहामा प्रहरीले पक्राउ गरिछाड्यो । प्रहरीले उहाँलाई सिराहाबाट सिन्धुली ल्यायो । दुर्गादेवीलाई जे को डर थियो त्यही भयो । प्रहरीले ईश्वरी प्रसादसँग बयान लियो । उहाँले ‘म राजा मान्दिन देश र जनताको स्वतन्त्रताका लागि लड्छु,’ भन्ने बयान दिनुभयो ।

राजा भएको देशमा राजा मान्दिनभन्दा उहाँलाई मार्ने नै भयो । त्यो बेलामा राजा मान्दिन भन्ने बयान गरेका नेतालाई जिउँदो नराख्ने दुर्गादेवीको अनुभव छ ।
उहाँले माफी नमागेपछि उहाँका केही हतैसी आएर दुर्गादेवीलाई भने तपाईं आफै गएर माफी माग्नुहोस् । ‘माफी माग्नका लागि म सिन्धुली स्थित जेल गए ।

जेलमा गएर पहिला श्रीमान्लाई भेटे । उहाँलाई सिधैं भने म तपाईंको सट्टामा माफी माग्न आएकी । दुर्गादेवीले यति मात्र के भन्नु भएको थियो ईश्वरी प्रसाद गर्जिनु भयो ‘मेरालागि माफी मागिस भने राम्रो हुने छैन् । माफी माग्ने मानिस मेरो शत्रु हो र कसैलाई माफी माग्न लगाउँलिस । श्रीमान्को आक्रोसपूर्ण आवाज सुनेपछि दुर्गादेवी एकशब्द नबोली घर फर्किनु भयो ।

त्यो दिनसम्म दुर्गादेवीलाई कम्युनिष्ट र काग्रेस पार्टी भन्ने थाहा थिएन । राजा मान्दिन भन्ने मान्छे कस्तो रहेछ भनेर कयौं सिन्धुलीबासी ईश्वरी प्रसादलाई हेर्न जेल गए ।
पार्टीले बयान सुधार्नु भनेर पटक–पटक खबर पठायो । ‘उहाँ सारै कडा मानिस पटक्कै कसैको कुरा नसुन्ने,’ दुर्गादेवी भन्नुहुन्छ ।

दैनिक नराम्रा खबर मात्र उहाँ भएठाउँमा पुग्थे । एक दिन गाउँभरी हल्ला फैलियो ओखलढुंगा लगेर ईश्वरी प्रसादलाई प्रहरीले मार्‍यो । दशैंको मुख थियो । दुर्गादेवी अक्क न बक्क हुनुभयो । उहाँले छोरा बुहारीलाई तुरुन्त जेलमा बुबाको खबर बुझ्न पठाउनु भयो । ‘मेरो भित्री मनमा उहाँलाई मारेकै छैन् जस्तो लाग्यो । छोरालाई बाबु भेट्न पठाए,’ उहाँ भन्नुहुन्छ ।

छोरा बुहारी बुवालाई भेटेर आएपछि भने दुर्गादेवीलाई केही शान्ति मिल्यो । ‘उहाँले बयान फेर्नु भएन तर संयोग र भाग्यले प्रहरीले उहाँलाई मारेन,’ दुर्गादेवी भन्नुहुन्छ । ‘पछि उहाँलाई नजर बन्दमा राखियो । एक वर्षपछि उहाँ छुट्नु भयो ।’

पञ्चायत कालमा ईश्वरी प्रसादलाई प्रहरीले तीन पटक पक्राउ ग¥यो । तीनै पटक उहाँ बच्न सफल हुनुभयो । २०४७ सालमा दुर्गादेवीको परिवार काठमाडौंमा बसाइ सर्‍यो । २०५२ सालमा माओबादीले जनयुद्ध शुरू गर्‍यो । जनयुद्धमा ईश्वरी प्रसाद फेरी भूमिगत हुनु भयो । यो समयमा दुर्गादेवीमा राजनीतिक चेतना आइसकेको थियो । त्यसैले उहाँले श्रीमान्लाई साथ दिंदै उहाँसँगै भूमिगत हुनु भयो ।

म श्रीमान्सँगै भूमिगत भएपछि उहाँलाई धेरै सजिलो भयो । कसैले सोधिखोजी नगर्ने । प्रहरीका नजरमा नपरियोस् भनि दुर्गादेवीले विभिन्न चिजका अचार बनाएर बेच्न थाल्नु भयो । यहीबाट शुरु भएको दुर्गादेवीको अचारको व्यवसाय । दुर्गादेवी र ईश्वरी प्रसादको पहिलो भूमिगत क्षेत्र काठमाडौं थियो । उहाँहरूको काम विभिन्न जिल्लाबाट घाइते भएर, गोली लागेर उपचारका लागि काठमाडौं ल्याएका माओवादीका कार्यकर्ता तथा लडाकुलाई अस्पताल पुर्‍याएर उपचार गर्नुपर्ने थियो ।

साथै, प्रहरीले थाहा नपाओस् भनेर कोठा परिवर्तन गरिरहनु पर्ने भएकाले सबै घाइते र नेताका लागि कोठा खोजिरहनु पर्ने । कोठा खोज्ने र घाइते अस्पताल लैजाने काम दुर्गादेवीको थियो । ईश्वरी प्रसादले घाइते कार्यकर्ता र लडाकुको उपचारका लागि पैसा जोहो गर्नु पर्ने र राजनीतिक रणनीतिमा आफूलाई व्यस्त राख्नु हुन्थ्यो । ‘घाइते र नेतालाई प्रहरीको आँखा छलेर सुरक्षित राख्नु चानचुने कुरा थिएन,’ दुर्गादेवी भन्नुहुन्छ ।

गोली लागेर आएका घाइते राख्नका लागि बारम्बार कोठा सारिरहनु पर्ने बाध्यता निकै सकसपूर्ण थियो उहाँको अनुभवमा । दुर्गादेवीका काकाका छोरा डा।मधु घिमिरे तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाका निजी चिकित्सक भएकाले घाइते उपचारमा गोप्य रूपमा उहाँले नै सघाउनु भएको थियो ।

‘उनलाई उपचार गर्न गोप्य रूपमा भनेका थियौँ । उनले धेरै सहयोग गरे,’ । उहाँ भन्नुहुन्छ ‘कोठा बाहिर धेरै सिआइडी हुन्थे । एउटा कुरा पनि बाहिर चुहिनु हुदैनथ्यो ।’ उहाँहरूले काठमाडौंका प्रहरीलाई छक्याएर बस्दै गर्दा ईश्वरी प्रसादलाई एकदिन प्रहरीले कलंकीबाट पक्रियो । घाइते माओवादीलाई उपचारका लागि पैसा जुटाउन हिड्नु भएका ईश्वरी प्रसाद बाटैबाट पक्राउ पर्नुभयो ।

‘अहिलेको जस्तो मोवाइल फोन थिएन । बेलुका अबेरसम्म कोठामा आउनु भएन । अन्य साथीहरूलाई दिउसो भेट्ने समय दिनु भएको रहेछ भेट्न नआएपछि मनमा संका लाग्यो प्रहरीले पक्रियो कि भनेर,’ दुर्गादेवी भन्नुहुन्छ । बादल (रामबहादुर थापा) पनि उहाँहरूकै नजिकै बस्नुहुन्थ्यो । उहाँका लागि पनि दुर्गादेवीले नै कोठा खोजिदिनु भएको थियो । बादललाई पनि आधिकारिक रूपमा ईश्वरी प्रसाद पक्राउ पर्नु भएको कुरा थाहा थिएन ।

बेलुका मात्र दुर्गादेवीलाई थाहा भयो प्रहरीले श्रीमान्लाई पक्राउ गरिसकेको रहेछ । जनयुद्धको कठिन समयमा ईश्वरी प्रसादलाई प्रहरीले पक्राउ गरेको थियो । जिउँदो आउने आशा शुन्य बराबर थियो । यता पार्टीका नेताले पनि उहाँलाई मारिसक्यो होला भन्ने आकलन काटे । पार्टीका शीर्ष नेतालाई पनि उहाँको बारेमा जानकारी थिएन् ।

ईश्वरी प्रसादलाई धेरै समयसम्म प्रहरीले विपत्ता पार्‍यो । तर, दुर्गादेवीले हार मान्नु भएन । आफूले चिनेजानेका व्यक्तित्वसँग हारगुहार गरिरहनु भयो । केही महिना पछि दुर्गादेविले गोप्य रूपमा श्रीमान्लाई प्रहरी हिरासतमा भेट्ने मौका पाउनु भयो । आफ्नै आँखाले श्रीमान्लाई देखेपछि निकै साहस आएको उहाँको भनाइ छ । सो समयमा प्रचण्ड दिल्लीमा थिए । प्रचण्डले दिल्लीमा दुर्गादेवीलाई बोलाउनु भयो ।

‘म दिल्ली गए । प्रचण्डलाई पनि उहाँ बाच्नु भएको छ/छैन् भन्ने दोधार रहेछ । मैले त उहाँलाई जेलमा देखेर गएकी थिए । मलाई निश्चित थियो उहाँ जिउँदो हुनुहुन्छ भन्ने । प्रचण्डले सोध्नु भयो तपाईं पीडा देखाउनु हुन्न । यहाँ मान्छे रोएर कस्तो गर्छन् । मैलै भने ‘म मात्र रोएर हुन्छ १ कतिका आमाबुबा, कतिका कलिला छोराछोरी, कतिका श्रीमान, श्रीमति सबै मरेका छन् मैले मात्र आफ्नो केही नहोस् भनेर हुन्छ र १’

त्यही समयमा सरकारले माओबादीसँग वार्ता गर्ने भयो । माओबादीले बन्दी ईश्वरी प्रसादसहित अन्यलाई जेल मुक्त गरेमात्र वार्ता गर्ने शर्त राख्यो । सरकारले माओबादीको शर्त मन्जुर गर्‍यो । त्यसपछि ईश्वरी प्रसाद रिहा हुनु भयो । ‘उहाँ फेरी एक पटक बच्नु भयो,’ दुर्गादेवी भन्नुहुन्छ ।

गोली लागेका ती घाइते

दुर्गादेवीको जिम्मा नै गोली लागेका मानिसलाई उपचार र कोठाको जोहो गर्नु थियो । गोली लागेका लडाकु तथा कार्यकर्ता घाइते सबैलाई उपचारका लागि काठमाडौं ल्याइन्थ्यो । मलाई ती दिन सम्झदा निकै पीडा भएर आउँछ दुर्गादेवी भन्नुहुन्छ ‘कसैका आँखा हुदैनथे । कसैका खुट्टा हुदैनथे, कसैका हात हुदैनथे । शरीर क्षत–विक्षत भएका घाइते आउँथे । कति उपचारकै क्रममा मरे ।’

उहाँकै आँखा अगाडि भएका केन्द्रीय नेतादेखि सघैँ खाना खाएका साथीभाई मारिए । काठमाडौंमा बस्दा एकपटक दुर्गादेविले नियमित झै आफ्नो कोठा एकपछि अर्को ठाउँमा सार्नु भयो । दुर्गादेवी र ईश्वरी प्रसादको कोठा आफ्नै साथीसंगीले पनि देखेका थिएनन् । कोठा सारेकै राती प्रहरी आएर पहिलाको कोठामा छापा मार्‍यो । वरिपरि भएका अन्य माओबादी साथीहलाई प्रहरीले लगेर वेपत्ता पार्‍यो । आफूहरू कोठा सरेकै कारण बाँचेको उहाँको भनाइ छ ।

श्रीमान् जेल गएसँगै पार्टीमा काम गरिरहेकी दुर्गादेवीलाई पार्टीले घर पाठाउने निणर्य गर्‍यो । १० वर्षसम्म श्रीमान्सँगै बसेर पार्टी कै काम गरिरहनु भएकी दुर्गादेवीलाई पार्टीको निणर्य सही लागेन । तर पनि पार्टीको निणर्य मान्नै पर्‍यो । उहाँ १० वर्षपछि पुनः घर फर्कनु भयो ।

घरफर्केपछि उहाँले आफ्नो पुरानो इलम अचार बनाउने कामलाई पुनः निरन्तरता दिनु भयो । यसैलाई आफ्नो व्यवसाय बनाउनु भयो । यो दश बर्षको बीचमा दुर्गादेवी र ईश्वरी प्रसाद काठमाडौंमा करीब ६ वर्ष रोल्पा तीन वर्ष, भारतको भुपाल र इलाहावाद तथा दिल्लमा भूमिगत जीवन विताउनु भयो ।

ईश्वरी प्रसादले भएको आफ्नो सम्पती बेचेर पार्टीका लागि खर्च गर्नुभयो । २०४७ सालमा काठमाडौंमा बनाएको साधारण घर भने दुर्गादेवीका नाममा रहेकाले उहाँका श्रीमान्ले बेच्न सक्नु भएन । अहिले यही एउटा घर काम लागेको दुर्गादेवीको भनाइ छ । श्रीमान्ले पार्टीका लागि सम्पती सकेकोमा कुनै दुखेसो छैन् उहाँलाई । दुखेसो त त्यस कुरामा छ जुन उदेश्यले नेपाली जनता जनयुद्धमा लागेका थिए त्यसको प्रतिफल जनताले भेटेनन् ।

उहाँलाई माओबादी पार्टीले आफ्नो उदेश्य विर्सिएको जस्तो लाग्छ । माओबादी नेता र आसेपासेका महल एकपछि अर्को ठडिएका देख्दा उहाँलाई अचम्म पनि लाग्छ । एतिका लागि युद्ध गरिएछ झैँ पनि लाग्छ । उहाँ भन्नुहुन्छ माओवादीले सोचेको राज्यो यो होइन् । माओवादीले सोचेको राज्य, समतामुलक राज्य, सबैका लागि राज्य र समृद्धिको राज्य  थियो ।

‘क्रान्तिका निम्ति त्याग आवश्यक हुन्छ । जो यो युद्धमा लाग्नु भयो उहाँहरूप्रति मेरो उच्च सम्मान छ तर यो हामीले कल्पना गरेको जस्तो राज्य होइन् । मैले औपचारिक शिक्षा हासिल गरेकी छैन् तर, जीवनसाथीसँग हिड्दा–हिड्दै राजनीतिको धेरै ज्ञान भयो । परिवर्तन संभव छ । परिवर्तन हामीले नै गर्नु पर्छ,’ उहाँ भन्नुहुन्छ ।

दुर्गादेवी र ईश्वरी प्रसादका घरमा माओबादीका कयौँ गोप्य मिटिङ भए । सिता दाहाल उहाँहरूको घरमा आइरहनु हुन्थ्यो । ‘यसै घरमा सिता (प्रचण्ड स्वं श्रीमति) धेरै पटक आइन् । हामी अर्को पार्टीमा रहँदा पनि उनी नियमित यहाँ आउने गर्थिन । उनले हामीलाई असाध्यै माया पनि गर्थिन,’ दुर्गादेवी स्मरण गर्नुहुन्छ ।