मावलीको थर राख्न गरेको परिपत्र सच्याइयोस्

0
55

काठमाडौं । गृह मन्त्रालयले गत बुधबार (२२ गते) स्थानीय वडाहरूमा एकल आमाबाट जन्मिएका सन्तानको बुबाको पहिचान नखुलेमा मावलीको थर राखि जन्मदर्ता बनाइदिनु भन्ने परिपत्रमा अहिले सामाजिक सञ्जादेखि प्रतिनिधिसभासम्म विरोध भइरहको छ ।

गृह मन्त्रालयले मावलीको थर राख्ने गरी गरेको परिपत्र सच्याउन प्रतिनिधिसभाको बैठकमा सदस्यहरुले माग गर्नु भएको छ । उहाँहरूले गृहले सम्पूर्ण वडाहरूलाई पठाएको परिपत्रमा संविधान र कानूनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई स्वीकार नगरेकोले परिपत्र सच्याउन आग्रह गर्नु भएको हो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद विद्या भट्टराईले संवैधानिक र कानूनी व्यवस्थासमेत ख्याल नगरी गृह मन्त्रालयले मावलीको थर राख्ने गरी गरेको परिपत्र सच्याउन माग गर्नु भएको छ ।

यसैगरी माननीय सदस्य सुशिला थिङले पनि गृह मन्त्रालयले वडाहरूलाई एकल महिलाले जन्माएका सन्तान जसका बाबुको पहिचान भएको छैन् त्यस्ता बच्चालाई मावलीको थरबाट जन्मदर्ता बनाउन गरेको परिपत्र सच्याउन माग गर्नु भएको हो ।

संविधान र देवानी संहिताअनुसारको भाषा प्रयोग गरी पुनः परिपत्र गर्न सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।