मेनुकाले भारतीय चलचित्र ‘सलार’का लागि गीत गाउनु भयो

0
141

काठमाडौँ। ‘इन्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली मुलुककी मेनुका पौडेलले भारतीय सुपरस्टार प्रभास अभिनीत ‘बिग बजेट’ चलचित्र ‘सलार’को लागि गीत गाउनु भएको छ । आइतबार राती प्रसारित ‘इन्डियन आइडल’को शृङ्खलामा मेनुकाले यसको खुलासा गर्नु भएको हो ।

यो अवसरलाई आफ्नो करियरको ‘टर्निङ प्वाइन्ट’ भएको बताउँदै मेनुकाले सो चलचित्रका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाएको बताउनु भएको छ । पहिलो प्ले ब्याक गाएकी उनले यसमा पुरा मेहनत गरेको उहाँको भनाइ छ।

मेनुका अहिले भारतमा चर्चाकी पात्र बनिरहनु भएको छ। मेनुकाले स्टेजमा यसबारेमा बताउँदै गर्दा सबै निर्णायक हर्ष विभोर हुनु भएको थियो । निर्णायक श्रेया घोषालले मेनुकालाई बधाई दिँदै ‘सलार’ जस्तो ठुलो प्रोजेक्टमा गाउन पाउनु खुसीको कुरा भएको बताउनु भयो।