मेष

0
161

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  २०८० भाद्र ३ गते देखि ९ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि हुनेहरुका लागि यो साता शुभ रहेको छ । बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था बलियो रहनेछ। साथीभाइको साथ र सहयोगले अप्ठ्यारो कामहरू पनि पूरा हुनेछन्। यो साता व्यापारमा सकारात्मक स्थिति रहनेछ। व्यापार, संचार र प्रविधि जस्ता क्षेत्रमा थप सफलता ल्याउनेछ।

साताको मध्यमा केही उतातरचढाब आएपनि साताको अन्त्यमा आम्दानीमा वृद्धि हुनेछ । परिवारमा सद्भाव र शान्ति रहनेछ। प्रेम सम्बन्ध पनि मधुर रहनेछ । प्रेमी–प्रेमिकासँगको मनमुटाव छिट्टै समाधान हुनेछ । विद्यार्थीका लागि पनि यो साता शुभ रहेको छ । यो साता बिहीबार र शुक्रबार अपेक्षाकृत कमजोर दिनहरू छन्।