मोबाइलको लत लाग्नबाट बच्चालाई यसरी जोगाउनु होस्

0
95

काठमाडौं । आज हामी २१ औं शताब्दीको आधुनिक समयमा बाचिरहेका छौं । परम्परागत रुपमा हामी जसरी जीवन जिउँदै आएका थियौं त्यसलाई प्रविधिले क्षणभरमा परिवर्तन गरिदिएको छ । केहीं दशक अघिको कुरा गर्ने हो भने पनि हामीसँग प्रविधिका रुपमा ब्लाक एण्ड ह्वाइट टिभीमात्र थियो ।

तर, आज समय फेरिएको छ अहिले ४ सालको बच्चा पनि स्मार्ट फोनमा गेम खेल्न सक्ने भएको छ । प्रविधिले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याएसँगै यसले दुष्परिणाम पनि निम्त्याई रहेको छ । आज हाम्रा स–साना बालबालिका मोबाइल, टिभी विना बाच्नै नसक्ने भएका छन् ।

हुनत, हामी आफैले बच्चालाई मोबाइल, टिभीमा बानी पारेका हौं । कहिले खाना नखाएको निँहुमा, कहिले आफ्नो काम सक्नका लागि बच्चालाई अल्मल्याउन मोबाइल दिने गर्छाैं । बच्चाले हामीलाई झन्झट दिइरहेका छन् भने पनि उनीहरूलाईं शान्त पार्न मोबाइल दिने वा टिभी खोलिदिने गर्छाैं।

जुनसुकै वाहानामा हामीले हाम्रा साना बालबालिकालाई लामो समय मोबाइल र टिभीमा छोडिदिनाले विस्तारै उनीहरू ती डिभाइस नहेरी बस्न नसक्ने हुन्छन् र यसको लत नै लाग्छ । कुनै पनि चिज थोरै प्रयोग गर्नु ठिक भएपनि अत्यधिक प्रयोग गरेमा हानिकारक हुनसक्छ । आज हामी बच्चालाई मोबाइल वा टिभीको लत लाग्नबाट कसरी जोगाउने विषयमा कुरा गर्न गइरहेका छौं ।

२ वर्षसम्म बच्चालाई मोबाइलबाट टाढा राख्नुहोस्

आफ्ना बच्चालाई समय दिंदा मोवाइललाई आफ्नो छेउछाउमा नराख्नुहोस् । राख्नुपरे भाइब्रेशनमा राख्नुहोस् । यसले तपाईको बच्चालाई घरमा मोबाइल भएको पत्तो हुँदैन् । यसो गर्दा तपाईलाई केहीं समस्या भने हुन सक्छ ।

साथीभाई आफन्तले फोन नउठाएकोमा दिक्क मान्न सक्छने तर यसमा ध्यान नदिनुहोस् । बच्चाका अघि बाबुआमाले मोबाइल वा टिभी नहेर्नु सबैभन्दा राम्रो हो ।

मोवाइल, टिभी बच्चालाई कुन उमेरबाट हेर्न दिने

बच्चालाई सकेसम्म ३ वर्षसम्म मोबाइल, टिभीबाट टाढा राख्नु नै राम्रो उत्तम मानिन्छ । ३ वर्षसम्म बच्चालाई मोबाइल र टिभीबाट टाढा राख्न सकिदैन् भने कमसेकम बच्चाको पहिलो बर्थ डेसम्म त दिंदै नदिनहोस् । धेरै अभिभावक हुन्छन् जसले आफ्नो बच्चालाई ३ वर्षपछि मात्र टिभी, मोबाइल हेर्न दिन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार एकवर्षभन्दा कम उमेरका बालबालिकालाई टिभी वा मोबाइल देखाउनु हुँदैन् । साथै, एक वर्ष माथिका साना बालबालिकाले दिनको एक घण्टाभन्दा धेरै टिभी स्क्रिन हेर्नु हुँदैन् ।

दिनको एक घण्टा समय जुनसुकै भएपनि हुन सक्छ तर, एक घण्टाभन्दा धेरै समय टिभीमा रहन नदिनुहोस् । मोबाइलभन्दा टिभी स्क्रिन ठूलो हुने भएकाले यो बच्चाका लागि कम हानीकारक हुन्छ । यसभन्दा बाहिरका ग्याजेट नदिनुहोस् ।

के हेर्ने दिने बच्चालाई
बच्चालाई मोबाइल वा टिभी के हेर्न दिने भन्ने कुरा धेरै महत्वपूर्ण छ । दिनभर उनीहरू मोबाइल टिभीमा व्यस्त नबनुन् । बच्चालाई टिभी हेर्नै दिनु पर्ने भयो भने एक/डेढ बर्षको छ भने उसलाई राइम्स (बाल गित) हेर्न दिनुहोस् ।

उनीहरूलाई एक्लै लामो समयसम्म टिभी, मोवाइल हेर्न नदिनुहोस् । बच्चाले टिभी हेर्दा हेर्दै उसलाई अन्य कुरामा पनि ध्यान मोड्न आवश्यक हुन्छ । जस्तो उसका हात समातेर नचाउने, खेलाउने वा कथा भन्ने ।

यसो गर्नाले बच्चा एककोहोरो टिभीमा हेर्दैन् । अन्य तिर पनि उसको ध्यान मोडिनाले टिभी र मोबाइल मात्र उसको प्राथमिकता बन्दैन् ।

आफूले पनि कम मोबाइल, टिभी प्रयोग गर्नुहोस्

अभिभावक जति धेरै मोबाइल टिभीमा व्यस्त रहन्छन् बच्चाले पनि त्यो सबै देखिरहेको हुन्छ । आमाबाबु वा अन्य अभिभावक जस्तै मोबाइलमा आँफू पनि व्यस्त रहन चाहन्छन् ।

बच्चा अति नै धेरै जिज्ञासु हुने भएकाले आफ्नो बाबु आमाले गरेको कामको तुरुन्तै फलो गर्छन् । साथै, बच्चाले खाना खाएन भने मोबाइल टिभी देखाएर खाने बानी नलगाउनु होला । यसले तपाईलाई निकट भविष्यमा नै निकै अफ्ट्यारो गराउने छ ।

मोबाइल खेलाएकोमा कहिल्यै प्रसंशा नगर्नु होस्

तपाईंको आफन्त वा अन्य कोहीं व्याक्ति आउँदा मेरो बच्चा अहिलेबाटै मोबाइल राम्रोसँग चलाउन जान्दछ भनेर प्रसंशा नगर्नुहोस् । बच्चाले यो सुनेमा आफ्नो तारिफ गरेको भनेर झन मोबाइल हेर्न थाल्छ ।

बच्चालाई सचेत गराउनुहोस्

बच्चालाई यो बताउनुहोस् की मोबाइल फोन कति खतरनाक छ हाम्रा लागि । बच्चाले अत्यधिक मोबाइल चलाउँछ भने तपाईंले उसलाई डाकटरलाई समेत देखाउनुहोस् । जसले तपाईंको बच्चालाई मोबाइलको खराबीका बारेमा डाक्टरले राम्ररी बुझाउन सकुन् । बच्चाले डाक्टरको कुरा ध्यानपूर्वक सुन्छन् र उनीहरुले भनेको कुरा पनि मान्छन् ।

बाहिरी क्रियाकलापमा लगाउनु होस्

बच्चालाई बाहिरी गेम खेल्न प्रोत्साहन गर्नुहोस् र, पढ्ने बानीको विकास गराउनुहोस् । बच्चा आजभोली मोबाइल पाएपछि घरभित्र नै बसेर २४ घण्टा मोबाइलमा समय विताएको थाहा पाउँदैनन् । उनीहरुसँगै तपाई पनि बाहिर खेल्न निस्कनुहोस् । नभए उनीहरुलाई कुनै पनि खेलमा समावेश गराएर ट्रेनिङ दिलाउनु होस् । साथसाथै, बच्चाको पढ्ने बानीको विकास गराउनुहोस् ।

सेक्रीफाइ गर्नु होस्

बच्चालाई मोबाइल र टिभीबाट टाढा राख्नु छ भने पहिला तपाईंले केहीं बलिदान त गर्नै पर्छ । यसमा तपाईंले कडा मिहिनेत पनि गनुपर्छ । बच्चाको हरेक क्रियाकलापमा सरिक हुनुहोस् न कि उनीहरुलाई मोबाइल वा टिभीमा एक्लै छोडिदिनुहोस् ।

अहिले तपाईले गरेको मिहिनेतले पछि तपाई आफैलाई धेरै नै सहयोग गर्ने छ । र तपाईको बच्चा पनि शारीरिक र मानसिक विकासका लागि ठूलो सहयोग हुनेछ ।

मोबाइल तथा टिभी हेर्दा आउन सक्ने समस्या

स्मार्ट फोन ज्यादा चलाउँदा बच्चाको ब्याक बोन (ढाड) दुख्ने समस्या हुन सक्छ । एक अनुसन्धानका अनुसार बच्चाले स्मार्ट फोन धेरै नै चलाएमा उनीहरुलाई मुड स्वीनिङ हुने, निद्राको समस्या हुने, आँखामा समस्या देखिने, चिडचिडाँह पन हुने, डिप्रेशन हुने, एकाग्रताको कमी हुन सक्ने हुन्छ ।

साथै, बच्चाले धेरै मोबाइल चलाउँदा शारीरिक क्रियाकलाप शून्य बराबर भएको छ । शारीरिक क्रियाकलापको कमीका कारण बच्चामा मोटोपन देखिने, विभिन्न बाहिरी क्रियकलापमा ध्यान दिन नसक्ने हुन्छन् ।