यस कारण आउँछ डन्डिफोर : डा. एलिज अर्याल

0
93

काठमाडौं । सामन्यतया डन्डिफोर अनुहारमा आउने भएकाले यसले जुनसुकै उमेरका मानिसलाई पिरोलेको हुन्छ । आज हामी डन्डिफोर किन आउँछ र कसरी यसलाई चाँडै निको पार्न सकिन्छ भन्ने विषयमा नेपाल मेडिकल कलेज एनएमसीको छाला तथा यौनरोग विभागकी सहप्राध्यापक डा. एलिज अर्यालसँग कुराकानी गरेका छौं ।

टिनेजलाई मात्र आउँछ भन्ने हुँदैन डन्डिफोर

हाम्रो सामान्य धारणा छ डन्डिफोर टिनेज (१९ वर्षभन्दा कम) उमेरमा मात्र आउँछ । र, महिलालाई मात्र आउँछ । हो, महिलालाई बढी आउँछ नै तर, पुरूषलाई पनि नआउने भन्ने हुँदैन । डन्डीफोर सानो बच्चादेखी जुनसुकै उमेर समूहका मानिसलाई आउन सक्छ । साना नानीहरूलाई आउने डन्डिफोरलाई इनफ्यानटल आक्नी भनिन्छ ।

अर्को टिनेजरलाई आउने डन्डिफोर र वयष्कलाई आउने डन्डिफोर । वयष्कलाई आउने डन्डिफोर लगभग ३० वर्ष उमेर कटेपछि महिला पुरूष दुवैलाई आउन सक्छ । डन्डिफोर आउने विशेषकारण चाहिँ हर्मोनको गडबढीले हो । साथै, आमाबाबुमा डन्डिफोर छ भने छोराछारीलाई पनि आउने गर्छ । तनावले पनि डन्डिफोर आउने गर्छ ।

डन्डिफोर आएको वेलामा कुनै पनि हालतमा यसलाई कोट्याउने, रगड्ने बारम्बार मुख धुने गर्नु हुदैँन् । डन्डिफोरलाई कोट्याउने माड्ने ग¥यो भने यसमा दाग बस्छ । दागलाई निको पार्न अर्को उपचार गर्नुपर्ने हुन्छ । यसको उपचार नै यसलाई जस्तो छ त्यस्तै अवस्थामा छोडिदिनु हो । कहिलेकाही आमाले छोराछोरीको अनुहारमा डन्डिफोर आएछ भनेर कोट्याइदिने गर्नु हुन्छ ।

यसो गर्नु ठिक हुँदैन डन्डिफोर वास्तवमा उपचार गर्नु पर्ने रोग पनि होइन् यो एउटा समयमा आउँछ जान्छ । तर, हामी अनुहारमा डन्डिफोर आउनसाथ आत्तिन्छौँ । विशेषगरी टिनेज बालबालिका । टिनेजरलाई अलि बढी नै डन्डिफोर आउने गर्छ । हामीले उपचार गर्नुको कारण बच्चालाई तनाव नहोस् र चाँडै यो निकोहोस् भनेर मात्र हो ।

र, दाग पनि नबसोस भन्ने हो । कहिलेकाही हाम्रोमा यस्ता विरामी आउनु हुन्छ जो अनुहारमा डन्डिफोर आएका कारण तनावले डिप्रेशनमा नै जानुभएको छ । डन्डिफोर सामान्य रोग हो यो आफैँ आउँछ आफैँ जान्छ । गएन भने उपचार छँदैछ । यसमा धेरै तनाव लिन आवश्यक छैन् ।

यी कारणले आउँछ डन्डिफोर
हाम्रो शरीरमा चिल्लो उत्पादन गर्ने ग्लान्ड हुन्छ । यो ग्लान्डले धेरै चिल्लो उत्पादन गरेमा पनि डन्डिफोर आउने गर्छ । यसरी चिल्लो निकाल्दा छालामा रहेका स–साना प्वालबाट बाहिर निस्कन्छ । तर, ती प्वालहरू बन्द भए भने चिल्लो बाहिर निस्कन पाउँदैन् र डन्डिफोरका रूपमा बाहिर निस्कन्छ । डन्डिफोर आउने मानिसको छाला प्रायः चिल्लो हुनेगर्छ ।

डन्डिफोर आउँदा के खानु हुन्छ के खानु हुँदैन ?

डन्फिोर आउने मानिसले यो खानु हुन्छ त्यो खानु हुँदैन भन्ने हुँदैन । डन्डिफोरका लागि कुनै पनि खानेकुरामा रोकावट छैन् । कसैकसैलाई दूध वा दूधजन्य सामग्रीले चाहीँ डन्डिफोर बढ्न सक्छ । तर, यो सबैमा लागू हुँदैन् हजारौमा एका दुईलाई यस्तो हुन सक्छ । डन्डिफोर आउँदा पौष्टिक आहार खाने गर्नुपर्छ ।

डन्डीफोर आउँदा होस् वा अन्य समय हाम्रो शरीरलाई पानी प्रसस्त चाहिन्छ । यसैले पानी प्रसस्त पिउनु पर्छ । खानेकुरामा फ्रेस खानेकुरा खानुपर्छ । साथै, अनुहारमा धेरै चिल्लो आउनेहरूले घरयासी वा बजारको कुनै पनि प्रकारको प्याक, कम्प्याक, चामलको पिठो, हनी जस्ता सामग्री अनुहारमा प्रयोग गर्नुहुँदैन् ।

डन्डिफोर आएको मानिसले तेल कपालमा लगाउँदा पनि होस गर्नु पर्ने हुन्छ । सामान्य तेल त लगाउनु हुन्छ तर, कपालमा चिप्लिक्क पारेर तेल लगाइयो भने समस्या आउन सक्छ । ओइली फेसमा अझ तेल लगाउनै हुँदैन् । कहिलेकाही केही–केही महिलालाई अनुहारमा फेसवेल गरेपछि डन्डिफोर आउन सक्छ ।

डन्डिफोर पनि फरक–फरक किसिमको हुन्छ । कुनै डन्डिफोर सामान्य किसिमको आउँछ । सानो–सानो यो डन्डिफोर केही समयमा आफँै जान्छ । अर्को डन्डिफोर अलि रातो किसिमको हुन्छ । अर्कोे पिप भरिएको डन्डिफोर हुन्छ । डन्डिफोरको औषधी लामो समयसम्म खानु पर्ने हुन्छ ।

एकदुई हप्ता औषधी खाएर निको भइहाल्ने रोग होइन् यो । तीन/चार महिना औषधी खानु पर्ने हुन्छ । डन्डिफोरका लागि लामो समय औषधी खानु परे पनि यसले कुनै असर गर्दैन । साथै, यसमा लगाउने महलम एक डेढ बर्ष नै लगाउनु पर्छ । डाक्टरलाई महिना डेढ महिनामा भेट्दा हुन्छ । यति गरे डन्डिफोर निको हुन्छ ।

वयस्कलाई आउने डन्डिफोर जुन सामन्यतया मानिस ३० वर्ष कटेपछि आउँछ । यसमा महिनावारी गडबढ हुने र पाठेघरमा सिष्ट भएका महिलालाई बढी आउने गर्छ । ३५ वर्ष पछि आउने डन्डिफोरमा कहिलेकाही स्त्री रोग विशेषज्ञलाई पनि देखाउनु पर्ने हुन्छ । कसैलाई कुनै प्रकारको कस्मेटिक प्रयोग गर्दा पनि डन्डिफोर आउँछ । डन्डिफोर डराउनु पर्ने र धेरै तनाव लिनु पर्ने रोग होइन् ।