कलेज गर्लले मेकअप बक्समा छुटाउनै नहुने पाँच ब्यूटी प्रोडक्ट

0
85

काठमाडौं । कलेज पढ्ने ‘कलेज गर्ल’ ले पढाइका साथसाथै आफ्नो सुन्दरतालाई पनि उत्तिकै ध्यान दिनुपर्छ । सुन्दरताले आत्मविश्वास तथा व्यक्तित्वमा अझ निखार ल्याउँछ । यसैले कलेज गर्लले आफूलाई फिट राख्न ब्यागमा किताब–कपीका साथै सानो मेकअप किट पनि बोक्नु ठीक हुन्छ ।

कलेज गर्लसँग प्रशस्त पैसा हुँदैन साथै उनीहरूले सौन्दर्यमा धेरै खर्च गर्न आवश्यक पनि छैन । ब्यूटी सामग्री किन्दा महँगो किन्नुपर्छ भन्ने छैन । किट किन्दा कम पैसामा गुणस्तरीय सामान किन्न सक्नुहुन्छ ।
कलेज गर्लका लागि पाँच ब्यूटी प्रोडक्ट
गाजल
हरेक नारीको मेकअप बक्समा गाजल पहिलो नम्बरमा पर्छ । कलेज पढ्ने केटीका ब्यागमा पनि गाजल हुन आवश्यक छ । कलेज गर्लले लगाउने गाजल लतपत्तिने किसिमको हुनु हुँदैन ।

वाटर प्रुफ गाजल लगाउनु राम्रो हुन्छ । वाटर प्रुफ गाजलले कलेज हुँदासम्म मात्र होइन दिनभरि नै साथ दिन्छ । गाजल पुछ्नुपर्ने झन्झटबाट मुक्त गर्छ । गाजलले आँखालाई सुन्दर मात्र देखाउँदैन यसले पूरा अनुहारलाई उज्यालो बनाउन सहयोग गर्छ ।
कंसिलर
कलेज गर्लले कलेज जाने मात्र काम गर्दैन घरमा आएर पनि उत्तिकै रातभर पढ्ने गर्छन् । यसरी रातभर जागा रहेर पढ्दा आँखामा असर पर्न सक्छ । आँखा तलको भागमा डार्क सर्कल (कालो घेरा) बस्न शुरू गर्छ ।

र, आँखा सुन्निएजस्तो पनि हुनसक्छ । यसले आँखामा आउने डार्क सर्कलबाट बच्न पनि कंसिलरको आवश्यक पर्छ । यसका लागि कलेज गर्लले मध्यम किसिमको कंसिलर किन्दा ठीक हुन्छ । कंसिलरले अनुहारको समस्यालाई मात्र लुकाउँदैन कि फेसमा चमक पनि दिनेछ ।
बीबी क्रिम
कलेज पढ्ने केटीले हेब्बी मेकप गरेर कलेज जान मिल्दैन र कुनै विशेष कार्यक्रमबाहेक हेब्बी मेकअप भर्खरका टिनेज केटीलाई नर्मल्ली सुहाउँदैन पनि । यसले उनीहरूले हलुका मेकअप गर्नुपर्ने हुन्छ । हलुका मेकपका लागि आकर्षक फिनिसिङ दिने बीबी क्रिम कलेज गर्लका लागि सुट हुन्छ । बीबी क्रिमले अनुहारमा हल्का कभरेज गर्छ । यो क्रिमले अनुहारको दागलाई छोप्छ भने नेचुरल फिनिसिङ पनि दिन्छ ।
लिप ग्लास
लिप ग्लास जो कोहीले प्रयोग गर्छौं । यसले कलेज पढ्ने केटीले आप्mनो ब्यागमा लिप ग्लास पनि बोक्नुपर्छ । लिप ग्लासले ओठलाई आकर्षक देखाउँछ । यसले तपाईंलाई भड्किलो देखाउँदैन । लिप ग्लसले ओठलाई सुक्खा हुनबाट पनि बचाउँछ । साथै, यसले सुन्दरतामा अझ निखार ल्याउन मदत गर्छ । कलेज गर्ल ब्यूटी ब्यागमा लिप ग्लास हुन जरुरी छ ।
ब्लश
ब्लशले गालामा पूर्ण चमक दिनुका साथै, यो धेरै नै उपयोगी हुन्छ । यसले लुक्सलाई सानदार बनाउँछ ।