युवा देखिरहन ऐश्वर्य रायका प्राकृतिक पाँच सौन्दर्य टिप्स

0
255

काठमाडौं । पूर्व मिस इन्डिया, विश्व सुन्दरी तथा बलिउड नायिका ऐश्वर्यं राय लगभग ५० वर्षको वरिपरि छिन् । उनको सौन्दर्य आज पनि ३० वर्षे युवतीभन्दा कम देखिन्छ ।

मानौ उनको छाला सानो बालकको जस्तो कोमल छ । उनले बढ्दो उमेरलाई आफ्नो काबुमा राख्न सफल भएकी छन् । उनले आफ्नो बुढ्यौली उमेरलाई छेक्नका लागि आफ्नो सौन्दर्यको पूर्ण ख्याल राख्छिन् ।

नायिका रायको सौन्दर्य राज के हो ? उनले के प्रयोग गर्छिन् जसका कारण उनी सधै युवा नै देखिन्छिन् ? आफूलाई युवा देखाइ राख्न ऐश्वर्यं रायले केही घरयासी प्राकृतिक सौन्दर्य समाग्री प्रयोग गर्ने गर्छिन् । ऐश्वर्यंले छालालाई सुन्दर राख्नका लागि सौन्दर्य सम्बन्धि पाँच ओटा टिप्स दिएकी छन् ।

–ऐश्वर्यंले आफ्नो अनुहारमा साबुनमा आधारित र कडा किसिमका क्लिन्जरहरू प्रयोग गर्दिनन् । मुख सफा गर्नका लागि उनी प्राकृतिक तेलहरू प्रयोग गर्छिन् । आफ्नो अनुहार सफा गर्न बेसन, दूध र हल्दी प्रयोग गर्छिन् ।

–छालालाई सुन्दर बनाउनका लागि दूध र हल्दी पिउछिन् । उनी प्रायः आफ्नो छालालाई हाइड्रेड र मोइस्चराइज गर्न दही प्रयोग गर्छिन् ।

– छालालाई हाइड्रेड गर्नका लागि उनी आफ्नो अनुहारमा ताजा काक्रोको रस लगाउँछिन् । यसले छालाको रंगलाई चम्किलो बनाउँछ ।

‘भिटामिन युक्त र स्वास्थ खाना खानुहोस् । हामीले जे खान्छौं त्यसको प्रतिविम्ब हाम्रो छालामा देखिन्छ,’ ऐश्वर्य राय भन्छिन् । यो बिलकुल सत्य हो । एक पोषकयुक्त आहारले तपाईंलाई तौल घटाउन मात्र मद्धत गर्दैन, यसले हाम्रो छालालाई सुन्दर र कपाललाई चम्किलो बनाउँछ ।

– एश्वर्यं राय आफ्नो कपाल तथा छालामा चन्दनको तेल प्रयोग गर्छिन । चन्दनको तेल उनको मन पर्ने सौन्दर्य सामग्री मध्ये एक हो । चन्दनको तेलले छालालाई सुन्दर बनाउने काम गर्छ । यसले सुख्खा छालालाई मुलायम पार्छ । छालालाई बलियो बनाउँछ ।

चन्दनको तेलले हाइपरपिग्मेन्टेन्शन (कालो दाग) कम गर्नुका साथै दागलाई हटाउँछ । थप फाइदाको लागि बादाम, नरिवल, वा जोजोबा तेलहरू पनि चन्दनको तेलमा मिश्रण गर्न सकिन्छ ।

– अनुहारमा बदामका तेल लगाउन ऐश्वर्य सुझाउँछिन् । ‘तपाईं अनुहारलाई अझ सुन्दर बनाउन चाहनु हुन्छ भने बादामको तेल लगाउनु होस्’ उनी भन्छिन् । बदामको तेलले छालालाई पोषण दिने, डार्क सर्कल र हाइपरपिग्मेन्टेशन कम गर्न मद्धत गर्दछ । नरिवल वा जोजोबा जस्ता कुनै पनि क्यारियर तेल प्रयोग नगरी बदाम तेललाई सिधा अनुहारमा लगाउन सक्नुहुन्छ ।