राजा त्रिभुवन र उनको प्रिय कान्छी रानी सरला मानन्धर

0
147

पुतली सडकका रैथाने मानन्धर परिवारमा जन्म भएका सरला, दरवारमा जागीर खान पुगेकी थिइन । १९७५ सालमा जन्मेका सरला भर्खरै १६(१७ वर्षको हुँदा दरवार भित्र सुसारेका रूपमा दरवार भित्र पुगीन । जुद्धशम्शेरको शासनकाल थियो त्यो बेला । जुद्धशम्शेरको एउटै ध्येय हुन्थ्यो त्यो बेला, राजा त्रिभुवनलाई सुरासुन्दरी बिच भुलाउने र राजकाजमा बेवास्ता गराउने । यहिं उद्धेश्यले गर्दा राजा त्रिभुवनको सुसारेका रूपमा राम्रा राम्रा नानीहरूलाई दरवार भित्र सुसारेका रूपमा जागीरमा राखिन्थ्यो ।

यसरी राखिएका सुसारेहरूमा सरला राजा त्रिभुवनका प्रिय हुन पुगे । उनका लागि नारायणहिटी दरवारको उत्तर पूर्वमा रहेको पुरानो श्री ३ रणोद्वीपको दरवारको बचेको केही भागलाई नै बम्बई चोक दरवार भनिने गर्दछ, त्यही दरवारमा नै रहने ब्यबस्था मिलाइएको थियो । जहाँ बि।सं। १९४२ मा श्री ३ रणोद्वीपको हत्या आफ्नै भतिजाहरूले गरेका थिए । नाम बम्बइ चोक दरवार रहे पनि दरवार जस्तो भव्य थिएन । दोश्रो यस दरवार भित्र केवल सानु रानी साहेव ९सरला नानी०लाई मात्र राखिएको थिएन । त्यहाँ अन्य सुसारेहरू पनि थिए, जोसंग राजा त्रिभुवनको हिमचिम अलि बढि हुने गर्दथ्यो ।

पछि राजा त्रिभुवनले सरला नानीलाई रानीसाहेबको दर्जा पनि दिइयो । २००७ सालको कार्तिकमा राजा त्रिभुवन अन्य परिवारका सदस्यहरू सहित दिल्ली प्रवासमा जाँदा रानी सरला पनि साथमा दिल्ली पुगेकी थिइन । यसर्थ पनि उनको मान्यता राजपरिवारको सदस्य सरह रहेको अनुमान गर्न सकिन्छ । २०११ सालमा राजा त्रिभुवनको उपचारका लागि स्विटजरल्याण्ड जाने बेलामा पनि रानी सरला साथमा थिइन । यसर्थ पनि उनी राजा त्रिभुवनका प्रिय थिए भन्ने बुझ्न सकिन्छ । राजा त्रिभुवनको देहावसान पछि पत्नी सरह नै काजक्रिया गरेकी थिइन ।

राजा महेन्द्र तथा राजा विरेन्द्रको कार्यकाल भरि रानी सरला गुमनाम नै हराइन । दरवार भित्रका कुरा खासै बाहिर जानकारी नै ल्याइदैनथ्यो । रानी सरला पनि बम्बई दरवार भित्रको चार घेरा भित्र नै कैद झै रहन बाध्य भइन । २०५८ जेठ १९ मा राजदरवार हत्याकाण्डले राजा विरेन्द्र र रानी ऐश्वर्य सहित दश जनाको हत्या पछि दरवार भित्र बाँचेकाहरूको सूचीमा रानी सरलाको नाम पनि आयो । सानु रानी साहेब सरलादेवी शाहका रूपमा उनको नाम सूचीमा परेको थियो ।

समयसंगै राजतन्त्र समाप्त भयो । देशमा रहेका राजा ज्ञानेन्द्र नै पदविहिन बन्न पुगे । बिस्तारै गणतन्त्रले राजालाई नारायणहिटी दरवार छोड्न बाध्य बनायो । यसैबेला राजा ज्ञानेन्द्रले दरवार भित्र मुमा रत्न र हजुरआमा रानी सरलादेवी शाहका लागि नेपाल सरकारले दरवार भित्र नै बस्ने ब्यबस्था मिलाइदिन आग्रह गर्नुभयो । यसरी फेरी एकपटक रानी सरलादेवीको चर्चा भयो ।

अन्तमा नेपाल सरकारले रानी रत्नलाई वहाँ बस्दै आएको महेन्द्र मञ्जिलमा तथा रानी सरलादेवीलाई बम्बई दरवारमा मृत्युपर्यन्त बस्ने ब्यबस्था मिलाइयो । यसरी बम्बई दरवारमा बस्दै आउनु भएका रानी सरलादेवी शाहको २०६६ फागुन ९ गते अपरान्ह ४ बने ९१ वर्षको उमेरमा देहान्त भयो । दरवार भित्र गुमनाम रहेका रानी सरलादेवीको देहावसान पछि आर्यघाटमा उनका केही माइती तर्फका केही आफन्त तथा दरवारमा मृत्युपर्यन्त सेवा गरिरहेका नानी, बज्यै, द्वारे, डोलेका रूपमा रहेका कर्मचारीहरू सहित ब्राम्हणद्वारा अत्येष्टी कृया गरिएको थियो । त्यहाँ राजपरिवारका कुनै पनि सदस्यहरूको उपस्थिति थिएन ।

फेसबुकबाट साभार गरिएको