‘राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’ को अध्यक्षमा राजेन्द्र बजगाई

0
60

काठमडौं । ‘राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’ अध्यक्षमा संगितकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् ।

दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदमा निर्विरोध भएको थियो । जस अन्र्तगत उपाध्यक्षमा मोडल उषा उप्रेति, महासचिवमा संगितकार दिपक शर्मा, सचिवमा गायिका सुजता केसी, कोषाध्यक्षमा गायक नारायण बहादुर थापमा निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै संस्थाका संरक्षक बरिष्ठ कला साधक तथा बरिष्ठ चिकित्सक भोला रिजालले संस्थाको उदेश्य मन परेर आफूले संरक्षकत्व प्रदान गरेको बताए । उनले संस्थालाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।