रेखा र पूजा एकै चलचित्रमा आउँदै

0
29

अभिनेत्री रेखा थापा र पूजा शर्मा एकै चलचित्रमा देखिने पक्का भएको छ। नाम नजुराइसकेको यस चलचित्रमा पूजा शर्माले केही दिन अघि साइन गरिसक्नु भएको छ ।

रेखा फिल्मसको व्यानरमा बन्न लागेको यस चलचित्रको निर्देशन निर्देशक ज्ञानेन्द्र देउजाले गर्नुहुनेछ । चलचित्र आगामी बैशाखबाट सुटिङ्गमा जाने तयारीमा रहेको बताइएको छ ।