लुटपाटको उदेश्यले निराको हत्या भएको भन्दा परिवार शंसकित

0
99

काठमाडौं । कपनको सरस्वतीनगरस्थित ‘निरु किचन’की सञ्चालिका निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका विनोद बिकलाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार राति १० बजे उनलाई झापाको बिर्तामोडस्थित इलाम स्ट्याण्डमा रहेको एक होटलबाट प्रक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका आनुसार हत्या गर्नुको उदेश्य अहिलेसम्म लुटपाट मात्रै देखिएको छ । पाण्डेको घाटीमा भएको सिक्री चोर्नका लागि हत्या गरेको अपराधीले बताए पनि मृतकका आफन्तले लुटपाटका लागि मात्र हत्या भएकोमा शंका व्यक्त गरेका छन् । विकले मृतक पाण्डेको घाँटीमा भएको सिक्री तारकेश्वर नगरपालिकास्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ ।

आचार्यको सरस्वतीनगरस्थित पसलमा ७ वैशाखमा हत्या भएको थियो । पोष्टमार्टम जाँचका क्रममा उनको शरीरमा कम्तीमा १९ पटक छुरा प्रहार गरिएको फेला परेको थियो । तर आइतबार प्रहरीले एक तोला सुन र १२०० रुपैयाँका लागि हत्या भएको सार्वजनिक गरेपछि आफन्तहरुले शंका गरेका हुन् ।

प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिनेश आचार्यका अनुसार हालसम्मको अनुसन्धानले हत्या गर्नुको उद्देश्य लुटपाट मात्रै देखिएको बताउनु हुन्छ।

हालसम्म निराको शव त्रिवि शिक्षण अस्पतालमै छ । परिवारले अनुसन्धानमा पूर्णतः चित्त नबुझाई हालसम्म शव उठाउने निर्णय गरेको छैन । ‘लुट्नु मात्र कारण थियो भने किन त्यति धेरै पटक छुरा हानियो रु’, आफन्त भन्छन् ।

एक साताभन्दा बढी समयसम्म रहस्यमय रहेको घटना आइतबार प्रहरीले लुटपाटका लागि विभत्स हत्या गरिएको भनि विकलाई सार्वजनिक गर्दा धेरै मानिस अचम्मित परेका छन् ।

झापा मेचिनगर नगरपालिका १० घर भएका विक भक्तपुरमा बस्दै आएका थिए । उनी यस अघि विभिन्न कल्बमा बाउन्सरका रुपमा काम गर्दै आएका थिए ।