विदेशमा भएका महिलाले पनि भर्नुहोस् है, मोलुङ्ग हाइड्रोपावरको आइपीओ

0
27

काठाडौं । मोलुङ्ग हाइड्रोपावरले पुस १९ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले स्थानीयका लागि ८० करोड २५ लाख रुपैयाँ बराबरको ८ लाख २ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न लागेका हो । यसैगरी वैदेशिक रोजगारका लागि २ लाख ७२ हजार ८५० कित्ता निष्कासन गर्ने भएको छ ।

यस्तै सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर छुट्याइएको छ । यस्तै, ५ प्रतिशत ओखलढुङ्गा जिल्लाका मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा बाँडफाँट हुनेछ ।

यस्तै, बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका बासिन्दालाई पनि बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा भएका नेपालीले यो आइपीओ भर्न पाउने भएकाले विदेशमा हुने विशेषगरी महिलाले चासो दिएर यो आइपीयो भर्नुहोस् । आज गरेको सानो लगानीले पछि ठूलो प्रतिफल दिनेछ ।