शो बाट बाहिरिएसँगै मेनुका आज घर फर्कदै

0
78

काठमाडौं । भारतको रियालिटी शो ‘इन्डियन आइडल’ मा प्रतिशपर्धा गरिरहनु भएकी नेपाली गायिका मेनुका पौडेल शोबाट बाहिरिनु भएको छ । इन्डियन आइडलको सिजन १४ मा आफ्नो दमदार प्रस्तुति दिनु भएकी मेनुकाको स्वरलाई निर्णायकले मुक्त कण्ठले प्रसंसा गर्दै आएका थिए ।

मेनुका शो बाट फर्किए पनि बल्ल आफ्नो यात्रा शुरु भएको बताउनु भएको छ । मेनुका आजै सोमबार झापास्थित घर फर्किने कार्यक्रम छ । स्वरमार्फत विश्वसामु नेपालको नाम चिनाएको भन्दै मेनुकालाई स्थानीयबासीले स्वागत गर्ने कार्यक्रम रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।