श्रीमान् बालकृष्ण खाणलाई भेट्न सांसद मञ्जु खाण प्रहरी कार्यालयमा

0
170

काठमाडौँ । प्रहरी हिरासतमा रहनु भएका श्रीमान् बालकृष्ण खाणलाई भेट्न सांसद मञ्जु खाण टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुग्नु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्ण खाणलाई भेट्न सोमबार विहान सांसद मञ्जु खाण प्रहरी कार्यलय पुग्नु भएको हो ।

प्रहरीका अनुसार हिरासतमा उनले श्रीमान् खाणसँग भेटघाट गर्नुभएको हो । सो प्रकरणमा सांसद मञ्जु पनि मुछिनु भएको छ । उहाँ फरार भनिएपनि जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा उपस्थिति हुनुहुन्थ्यो ।

शरणार्थी प्रकरणको अनुसन्धानमा अहिलेसम्म् १६ जना पक्राउ पर्नु भएको छ । प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।