सत्ता

0
92

तिनीहरूले भनेपछि
‘गीतावचन’ ठानेर हामी
लुरुलुरु पछि लाग्यौँ
दायाँ घुम भने – घुम्यौँ
बायाँ फर्की भने – फक्र्यौँ
अघि बढ् भने – बढ्यौँ
पछि हट भने – हट्यौँ
घोप्टो पर भने –घुँडा टेक्यौँ
टाउको थाप भने – निहुरिदियौँ
झन्डा बोक भने – बोक्यौँ
ढुंगा हान् भने – हान्यौँ
एक दिन अर्को ‘गीतावचन’ सुनाए
‘मर्न डराउनु हुन्न !’
तर, हामी मर्दै आयौँ

उनीहरु भन्थे,
एकदिन तिम्रो सत्ता आउने छ
सबैका आँगनमा भाम खस्नेछ
सबैको चुलामा आगो बल्नेछ
त्यहीं दिनका लागि हामी तँछाडमछाड
मर्न हतारियौँ

हाम्रो उम्दा रगतको भेलमा तैरिँदै
साँच्चै आयो
‘त्यो दिन’÷‘त्यो सत्ता’
उनीहरुले भनेझौँ
त्यो चम्किलो बिहानजस्तै थियो
कर्पोरेट हाउसको डेकोरेटेड एजीएमजस्तो
झकिझकाउ थियो
विडम्बना,
त्यहाँ हामी थिएनौँ ÷हाम्रा लागि कुनै ठाउँ थिएन

एकदिन हामीले नसोध्दै
उनीहरुले अको ‘गीतावचन’ सुनाए
‘यो हाम्रो सत्ता हो
नआत्तिनोस् !’
पक्कै आउने छ एकदिन
तपाईंहरुको आफ्नै सत्ता……..!
कविः शकुन्तला जोशीको वालबाट