सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा आज पनि स्थगित

0
132

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन ।

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएको बताइएको छ ।