गुणस्तरीय खाना नखादा के हुन्छ ?

0
89

काठमाडौं । स्वच्छ, सफा,र पोषणयुक्त खाना हाम्रो शरीरका लागि अति आवश्यक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर, पनि हामीबाट कहिलेकाहीं हेलछेक्राइ भइहाल्छ ।

स्वच्छ, सफा,र पोषणयुक्त खाना किन आवश्यक छ भन्ने विषयमा आज हामी विश्वव्यापी रुपमा ‘क्लिन लेबल’ को रुपमा परिचित ट्रू इलिमेन्ट्सका सह संस्थापक तथा सीईओ पुरु गुप्ताले सफा खानेकुरा सम्बन्धि दिएका केहीं सुझावलाई यहाँ प्रस्तुत गर्दैछौं ।

आजको युगमा हामी बिरामी पर्नुको कारण विलसिता जीवन पनि हो । कोभिड माहामारीले हामीलाई केहीं पाठ भने सिकाएको छ । यसले हामी मध्ये धेरैलाई हाम्रो शरीर र हाम्रो स्वास्थको कदर गर्न सिकाएको छ । हामीले अस्वस्थ जीवनशैली अपनाइरहेका थियौं । र, छौं पनि ।

त्यसपछि हामी मध्ये धेरैले स्वास्थ आहारमा परिवर्तन गर्दै सप्लिमेन्ट, जुस, सुप खाने तथा कसरत गर्न थालेका छौं । तर, अझै पनि हामीले जसरी अज्ञान पूर्वक अस्वस्थकर खानेकुरा खाइरहेका छौं । त्यसलाई परिवर्तन् गर्न आवश्यक छ ।

आजको युग प्रतिशप्रधाको युग हो । अहिले हामीले दैनिक खाँदै आएको विभिन्न खाद्यबस्तुमा पनि प्रतिशप्रधा भइरहेको हुन्छ । र, यहाँ स्वास्थ खानेकुरा स्वस्थकर छ भनेर पत्याउन पनि गाह्रो छ । कसलाई विश्वास गर्ने । कसलाई नगर्ने ? हामीले कसरी पत्ता लगाउने कि कुन कम्पनीले भनेको कुन दावी ठिक छ वा छैन् ।

अर्को तिर हम्रो बानी के छ भने राम्रो छ भनेर छान्नुभन्दा पनि कुन प्रसिद्ध वा लोकप्रिय छ त्यसैलाई छानिरहेका हुन्छौं । हामी खानेकुरा देखेपछि त्यसको गुणस्तर हेरेरभन्दा पनि त्यसको लुक्स र स्वादअनुसार जति पनि खान्छौ । त्यसले जतिसुकै हाम्रो शरीरलाई हानी पुर्‍याहोस हामी खान छोड्दैनौ ।

हामीले अज्ञानतावस गरिरहेका छौं वा जान्दा जान्दै पनि आफ्नै स्वास्थमा ठूलो असर पारिरहेका हुन्छौं । जंक फूड मात्र होइन् केहीं स्वास्थ खानेकुराले मोटोपना स्मरणशक्तीमा समस्या निम्त्याउँछ । मानसिक स्वास्थ बिग्रनेसम्मको आघात पुर्‍याउन सक्छ ।

कम्तिमा हामीले उपभोग गर्ने खानाको कतिको स्वच्छ र खान योग्छ भनेर हामीले प्रश्न गर्न आवश्यक छ । हामीले खानेकुरामा ध्यान केन्द्रित गर्नुपर्छ । जसलाई स्वस्थ मात्र नभइ स्वच्छ पनि भनिन्छ ।

आहारको रुपमा सफा खानेकुराले हाम्रो स्वास्थ जीवनशैलीलाई अघि बढाउँछ । यसले हामीलाई आज बाँच्नका लागि मात्र खानेभन्दा पनि उन्नत र उत्कृष्ट लामो जीवन जिउनको लागि स्वस्थ खानेकुरा अति महत्वपूर्ण छ ।

सफा र प्राकृतिक खानेकुराले हामीलाई हाम्रो वातावरणसँग जोड्ने काम गर्छ । स्वच्छ आहार खानका लागि विश्वका आहारविद्हरुद्धारा सिफारिस गरिएका उत्तम आहारहरु मध्ये एक हो ।

स्वच्छ र सफा खानाले बिरामीहरुलाई निको मात्र पार्दैन यसले हाम्रो शरीरमा कम तनाव उत्पन्न गर्छ । बजारमा भएका खाना खाँदै हुनुहुन्छ भने प्याकेटमा हेर्नुहोस् त्यसमा के के मिसाएर बनाएको छ त्यो बुझ्नुहोस् ।

किरानाका सामान किन्दा पनि क्लिन लेबल छ कि छैन् त्यो पनि हेर्नुहोस् । लेबल ठिक भएका मात्र सामान किनेर खानुहोस् । जसले तपाईको स्वास्थलाई असर नगरोस् ।

श्रोतः एजेन्सी