‘समाजवादी मोर्चा नेपालको सन्देश’ सभा धनगढीमा हुँदै

0
89

काठमाडौं । समाजवादी मोर्चा तथा नेकपा एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटीको आयोजनामा ‘समाजवादी मोर्चा नेपालको सन्देश’ सभा धनगढीमा हुने भएको छ । भाद्र २६ गते धनगढीमा हुने कार्यक्रममा समाजवादी मोर्चाका शीर्ष नेताहरूले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा माओबादी केन्द्रका, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्र बहादुर चन्द विप्लवले संवोधन गर्नु हुने भएको छ ।

कार्यक्रम धनगढीको चटकपुरको सौराई पार्टी प्यालेसमा हुने जानकारी दिइएको छ । मोर्चाले सभामा सहभागी हुनका लागि आम जनतालाई आह्वान समेत गरेका छ ।