सरकारले साथ दिए पहिलो महिला आईजीपी बन्न सक्छिन किरण

0
17

काठमाडौं । नेपाल प्रहरीको रिक्त पाँच एआईजी पदमा बढुवा सिफारिसमा डीआईजी किरण बज्राचार्य परेकी छन् । उनी पाँचौं नम्बरमा सिफारिसमा परेकी हुन् ।
समूहगत प्रतिस्पर्धाको आधारमा बज्राचार्य एआईजी बढुवाको सिफारिसमा परेकी हुन्। बज्राचार्य अपराध अनुसन्धानमा पोख्त र अन्तराष्ट्रिय पुरस्कार प्राप्त महिला प्रहरी अधिकारी हुन्।
३० वर्षीय सेवा अवधि कायम रहेमा धिरजप्रताप सिंहसहितको टोली चैतमा अवकाशमा जाँदा अहिले बढुवा भएका मध्येबाट बढुवा भएर प्रहरी महानिरीक्षक नियुक्त हुनेछन्।
प्रहरी महानिरीक्षक बढुवामा सरकारले वरिष्ठता, कार्यक्षमता, नेतृत्वको गुण लगायतका पाँच आधारमा एआईजी मध्येबाट नियुक्त गर्नसक्ने प्रावधान छ।
यसले प्रतिस्पर्धाको आधारमा पाँचौं नम्बरमा सिफारिसमा परेकी किरणको बढुवामा कुनै अवरोध नआए र सरकारले चाहेमा उनलाई पहिलो महिला प्रहरी महानिरीक्षक नियुक्त गर्नसक्ने बाटो खुल्ने छ।