सहानाको राजनीतिक यात्राः ‘क्रान्तिको विगुल फुक्ने साहसी नारी’

0
49
तस्वीरः विकिपिडिया

काठमाडौं । महिलाका लागि कठोर समाजको प्रवाह नगरी स्वतन्त्रको विगुल फुक्दै राणा शासन विरुद्ध सडकमा उत्रिनु भयो सहाना प्रधान । यो आफैंमा एउटा ठूलो क्रान्ति थियो । राणा शासनको दबदबा महिलाका लागि संकिर्ण र कठोर समाज ।

महिला राजनीतिक र सामाजिक, आर्थिक सबै स्वतन्त्रबाट बञ्चित थिए । महिलाका लागि स्कुल थिएन । घरबाट बाहिर निस्कने अनुमति हुँदैनथ्यो । यी तमाम समस्यालाई सहाना प्रधानले टुलुटुलु हेरेरे बस्न सक्नु भएन । उहाँले ती समस्या विरुद्ध स्वतन्त्रको विगुल फुक्दै न्यायका लागि क्रान्तिको बाटो रोज्नु भयो ।

वि.स. १९८४ सालमा जन्मनु भएको सहानाको बाल्यकाल बर्मामा वित्यो । बालखैमा उहाँले आफ्नी आमालाई पनि गुमाउनु पर्‍यो । विश्वमा दोस्रो विश्व युद्ध चलिरहेको वेलामा बर्मा पनि त्यसबाट अछुतो रहन सकेन । विश्वयुद्धको चपेटामा परेको बर्माबाट उहाँका बुबा आफ्ना छोराछोरी च्यापेर नेपाल फर्कनु भयो ।

नेपालमा पनि राणा शासन विरुद्ध आवज उठ्न थालिसकेको थियो । सहानाले २००४ सालमा वैशाख १७ गते पहिलोपटक संगठित रूपमा राणा शासन विरुद्ध नारा लगाउँदै सडकमा निस्कनु भयो । उहाँका साथमा हुनुहुन्थ्यो स्नेहलता, साधना प्रधान र कनकलता चार महिला ।

उहाँहरू चारै जनालगायत ८१ जनालाई तत्कालीन सरकारले गिराफ्तार गर्‍यो । उहाँहरुले जेलमा नै महिलाले शिक्षा पाउनु पर्ने भन्दै आरण अनसनमा बस्नुभयो। पछि प्रधानमन्त्री पद्मशमसेरले महिलाका लागि पनि स्कुल खोल्ने आश्वसन दिनुभयो ।

राणाहरूको कठोर शासनमा उनीहरूलाई जे पनि हुन सक्थ्यो । ज्यानको बाजी थापेर अघि बढेका महिलाको साहसिक राजनीतिक यात्रा आज पनि उत्तिकै प्रेरणादायी छ ।

शिक्षण पेशा समेत अंगाल्नु भएकी सहानाले काठमाडौंस्थिति कन्यामन्दिर, शान्तिनिकुञ्ज र सिताराम स्कुलमा समेत अध्ययपान गराउनु भयो ।
२००४ सालमा मंगलादेवी अध्यक्ष भइ खोलेको महिला संघमा सहाना प्रधान महासचिव बन्नु भएको थियो।

उहाँले राणा शासन विरुद्ध काठमाडौंका असन, इन्द्रचोक, भूगोलपार्कमा हुने विभिन्न कोड सभामा मन्तव्य दिने काम गर्नुभयो। २००८ सालमा जिल्ला कमिटि र २००९ सालमा अञ्चल कमिटीको जिम्वेवारी पनि लिनुभयो।

सहाना प्रधान २००९ सालमा भारतको पटनामा नेपालबाट बि.ए. पढ्ने ७२ जना विद्यार्थीमा उहाँ एकमात्र महिला हुनुहुन्थ्यो । यहिंबाट पनि थाहा हुन्छ नेपालमा महिलाले पढ्न पाउँथे कि पाउँदैनथे भनेर । उहाँ पनि बर्मामा बाल्यकाल विताएकाले पढ्न पाउनु भएको थिएन। जीवनको कलिलो उमेरबाट नै नेपाली राजनीतिमा होमिनु भएकी सहानाले २०१० सालमा नेता पुष्पलाल श्रेष्ठसँग विवाह गर्नुभयो।

विवाह पश्चात सहाना प्रधान केहीं समय राजनीतिबाट ओझेलमा पर्नु भयो। शहीद गंगालालको हत्यापछि पुष्पलालको परिवार सर्वस्वहरणमा समेत पर्‍यो । जसका कारण सहानालाई राजनीति गर्न सहज हुन सकेन ।

उहाँ पढेलेखेकी नारी भएका कारण प्रध्यापन पेशामा आफूलाई केही वर्ष समर्पित गर्नुभयो । तर, २०३५ सालमा पुष्पलालको भारतमा निधन भयो । यसपछि पूर्ण रूपमा सहाना राजनीतिमा होमिनु भयो। २०३६ सालको जनमत सङ्ग्रहको समयमा उहाँले पार्टीलाई पुनर्गठन गरी देश दौडाहमा निस्कु भयो। जनमत सङ्ग्रह बहुदलीय पक्षमा आएन ।

२०४२ सालको बम काण्डले पुनः राजनीतिक संकट आयो । यसपछि पेट्रोलीयम पदार्थको आपूर्तिमा नेपाल र भारतबीच समस्या सृजना भयो । २०४५ सालको अन्त्यदेखि विद्यार्थी आन्दोलन चर्कियो । दलहरूले आन्तरिक भेटघाट गरी आन्दोलन गर्ने निणर्य गरे । यसमा सहानाको अध्यक्षमा वाममोर्चा बन्यो । र, आन्दोल चर्कियो ।

त्यसछि २०४६ साल चैत २६ गते राजासँग वार्ता भएपछि बहुदलीय व्यवस्था र अन्तरिम सरकार बन्ने निधो भयो । त्यसपछि २०४७ साल वैशाख ३ गते बनेको अन्तिरिम सरकारको मन्त्रिमण्डलको उद्योगमन्त्री सहाना प्रधान बन्नुभयो।

सहाना प्रधान २०४८ सालको आम निर्वाचन र २०५१ को मध्यावधि निर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्र नं ४ बाट विजय हुनुभयो।
साथै अखिल नेपाल महिला सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले उहाँलाई अध्यक्ष बनायो । सहाना प्रधान संयुक्त सरकारको पालामा वि.स. २०५३ मा महिला समाज कल्याण तथा बालबालिका मन्त्री र २०६२/०६३ को आन्दोलनपछिको मन्त्री मण्डलमा पराराष्ट्र मन्त्री बन्नुभयो।

सहाना प्रधानको जेल जीवन
सहाना प्रधान वि.स. २००४ सालमा वैशाख २९ को प्रदर्शनमा १५ दिन, वि.स. २००९ सालमा सल्लाहकार परिषद्को विरोधमा चार महिना, वि.स.२०४२ सालमा पाँच महिना, २०४६ सालमा २३ दिन र २०६२/०६३ को जनआन्दोलनमा पटक–पटक हिरासत र नजरबन्दमा पर्नुभयो ।

२००७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता दिनु भएको सहाना प्रधानले पार्टीको शीर्ष नेतृत्वमा रहेर काम गर्नु भयो। विश्वका धेरै मुलुकको भ्रमण गर्नु भएकी सहाना प्रधानको राष्ट्रिय अन्तराष्ट्रिय छवि निकै राम्रो थियो । २०६२/०६३ को जनआन्दोलनपछि राजनीतिक परिवृत्तमा राष्ट्रपति पदका लागि उनको नाम पनि चर्चामा थियो ।

सहाना प्रधानले जहिल्यै पनि महिलाका साझा मुद्दामा सबै राजनैतिक महिलाले कार्यगत एकताका माध्यमबाट संघर्ष गर्नुपर्छ र मात्र महिलाले अधिकार पाउन सक्छन् भन्ने मान्यता राख्ने गर्नुहुन्थ्यो। राणा शासन विरुद्ध लड्नु भएकी साहसी महिला गणतन्त्रको आगमनसम्मको राजनैतिक यात्रा तय गर्दै लामो समय विरामी परेर वि.स. २०७१ साल आश्विन ६ गते सदाका लागि यो संसारबाट विश्राम लिनुभयो ।

सहाना प्रधान अहिले नेपाली माझ नभएपनि उहाँले गरेको राजनैतिक योगदान तथा नेपाली महिलाको जीवनस्तरलाई माथि उठाउन गरेको कार्यलाई उच्च सम्मानका साथ हेरिनु पर्छ ।