सावित्रा भण्डारीको इजरायलमा डेब्यू गोल

0
121

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सावित्रा भण्डारीले इजरायलमा डेब्यू गोल गर्नु भएको छ । उहाँले हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा एक गोल गर्नु भएको हो । इजरायलको अथेना लिगमा सावित्राले होपाइल रानानबाट गोल गर्नु भएको हो ।

जसमा हापोएल रानाना २–० ले विजयी भयो। सावित्रा इजरायलमा खेल्ने पहिलो नेपाली महिला खेलाडी हुनहुन्छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु लिग खेल्ने सावित्राले भारतको आई लिग र इन्डियन वुमन्स लिगसमेत खेलिसक्नु भएको छ ।

गएको सिजन गोलकुल केरलाले इन्डियन वुमन्स लिगको उपाधि जित्दा २९ गोलसहित सावित्रा प्रतियोगिताकै उच्च गोलकर्तासमेत बन्नु भएको थियो ।