सावित्रा युरोपेली क्लबबाट खेल्दै

0
146

काठमाडौं । राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी युरोपेली क्लबबाट खेल्नु हुने भएको छ । इजरायलको ‘ए’ डिभिजन लिगबाट अबको दश दिन पछि सावित्राले फुटबल खेल्ने जनाइएको छ । यो खेलमा आवद्ध भएसँगै उहाँ युरोपियन लिगमा खेल्ने पहिलो नेपाली महिला पनि हुनुभएको छ ।

सावित्राले आगामी सिजनमा लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गर्नु भएको हो । क्लबले मंगलबार नै सामाजिक संजालमार्फत उहाँलाई अनुबन्ध गरेको पक्का गरेको छ ।

को हुनुहुन्छ सावित्रा ?
२०५४ सालमा लमजुङ जिल्लाकी सामान्य किसान परिवारमा जन्मिएकी सावित्री (साम्बा) सानै उमेरदेखि फटबलमा रूचि राख्नु हुन्थ्यो । गाउँमा दशैँताका हुने खसी तथा भाले फुटबल होस् वा अन्य कुनै पनि महिला फुटबल प्रतियोगितामा सावित्रा सहभागी हुनुहुन्थ्यो ।

२०१६ मा सावित्रा एपिएफ क्लबमा आवद्ध हुनु भएको हो । उहाँ १६ वर्षकै उमेरमा एपिएफमा आवद्ध हुनु भएको थियो । उहाँको सहयोगमा एपिएफले अनेक घरेलु महिला उपाधिहरू जित्न सफल भएको थियो ।

साबित्रा सम्मीलित एपिएफ टोलीले लगातार चार पटक प्रधान सेनापति कपको उपाधि समेत जित्न सफल भयो । साथै, महिला राष्ट्रिय लिगको उपाधि पनि जित्न सफल भएको थियो। एपीएफले २०७३ मा प्रधान सेनापति कप जित्दा उहाँ उत्कृष्ट खेलाडी समेत घोषित हुनु भएको थियो भने त्यहीँ वर्षको राष्ट्रिय लिग जित्दा पनि उहाँ उत्कृष्ट खेलाडी घोषित हुनु भएको थियो ।

यस्तै २०७५ सालको प्रधान सेनापति कप जित्दा उनी उत्कृष्ट अग्रपङ्क्तिकी खेलाडी हुन सफल हुनु भएको थियो। २०७४ सालमा एपीएफ क्लबले राष्ट्रिय लिग जित्दा सुपर लिगको अन्तिम खेलमा साबित्राले १ गोल गर्नु भएको थिया भने एपीएफले समग्रमा पुलिस क्लबलाई २/१ गोल अन्तरले पराजित गर्दै लिग उपाधि जितेको थियो। यो लिगमा साबित्राले जम्मा ६ खेलमा २९ गोल गर्दै लिगको नयाँ किर्तिमानी समेत राख्नु भएको थियो ।

साथै २०७४ महिला राष्ट्रिय लिगमा उहाँ उत्कृष्ट अग्रपङ्क्तिको खेलाडी र सर्वाधिक गोलकर्ता समेत हुनुभएको थियो । २०७५ सालमा पनि एपिएफलाई महिला राष्ट्रिय लिग २०७५ वा उपराष्ट्रपति कप जिताउन साबित्राको भूमिका उल्लेखनीय रहेको थियो।

प्रतियोगिता भर उत्कृष्ट प्रदर्शनी गरेकी उहाँले प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी हुँदै २५ हजार नगद हात पार्न सफल हुनु भएको थियो । प्रतियोगिताको अन्तिम खेलमा एपीएफले चिरपरिचीत प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई ३/१ गोलअन्तरले पराजित गर्दा उनले ह्याट्रिक समेत गर्न सफल हुनु भएको थियो ।

२०७५ सालमा पनि सावित्रा भण्डारी सम्मिलित एपीएफ क्लबले आठौँ राष्ट्रिय खेलकुद २०७५ मा महिला फुटबल तर्फको स्वर्ण पदक जित्न सफल भएको थियो। यस आठौँ राष्ट्रिय खेलकुदमा पनि सावित्राको व्यक्तिगत प्रदर्शनी निकै उत्कृष्ट रहन गएको थियो। एपीएफले फाइनलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई टाइब्रेकरमा ४/३ गोल अन्तरले पराजित गर्दा सावित्राले पनि गोल गर्न सफल हुनु भएको थियो ।

राष्ट्रिय महिला फुटबल लिगमा साबित्रा भण्डारी सम्मिलित सशस्त्र प्रहरी बलको टोली २०७७ सालको राष्ट्रिय महिला फुटवल लिगको विजेता बनेको थियो। त्यस्तै सन् २०१९ मा भारतमा आयोजना भएको २०१९ हिरो महिला गोल्डकपमा नेपालले दोस्रो स्थान हासिल गर्दा सावित्राले प्रतियोगिताको सर्वाधिक उच्च गोलकर्ताको पुरस्कार जित्न सफल हुनु भएको थियो ।

सोही समयमा नै सावित्रा सन् २०१९ का लागि भारतीय महिला फुटबल लिगका लागि अनुबन्ध हुनु भएको थियो । सावित्रा पहिलो अन्तर्राष्ट्रिय क्षेत्रमा आधिकारिक व्यवसायीक महिला फुटबल लिग खेल्ने प्रथम महिला समेत बन्नु भएको थियो ।

यस अघि उहाँले देशबाहिर माल्दिभ्स यरपोर्ट कम्पनी तथा माल्दिभ्स पुलिस क्लब क्लबबाट माल्दिभ्स महिला फुटसल लिगमा सहभागीता जनाए पनि उक्त प्रतियोगिता आधिकारिक फुटबल प्रतियोगिता भने थिएन।

सावित्रा २०७५ सालमा उत्कृष्ट प्रदर्शनी गरेको कारण नेपाली खेलकुद जगतको सर्वाधिक उच्च पुरस्कार पल्सर स्पोर्ट्स अवार्ड २०७५ उत्कृष्ट महिला वर्ष खेलाडीबाट सम्मानित हुनु भएको थियो ।

यस्तै उहाँले पल्सर स्पोर्ट्स अवार्ड २०७५ अन्तर्गत पिपुल च्वाइस अवार्डमा दोस्रो हुनु भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल सरकारले २०५६ सालमा साबित्रालाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो।

पाकिस्तानमा भएको २०१४ साफ महिला च्याम्पियनसिपमा भुटानसँगको खेलमा सावित्राले राष्ट्रिय टोलीबाट प्रदापण गर्नु भएको थियो। उक्त खेलको ८६ औँ मिनेटमा मैदान प्रवेश गरेको दुइ मिनेटपछि नै सावित्राले गोल गर्नु भएको थियो ।

उहाँको यो पहिलो अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल थियो। यसैगरी २०१६ दक्षिण एसियाली खेलकुद अन्तर्गत उउहँले कुल ४ खेल खेल्दै २ गोल गर्न सफल हुनु भएको थियो ।

२०१६ साफ महिला च्याम्पियनसिप अन्तर्गत सावित्राले भुटानविरुद्धको पहिलो खेलमा ६ गोल गर्नु भएको थियो जसका कारण नेपाल ८–० ले विजयी हुन सफल भएको थियो। साथै उहाँ नेपाली फुटबल इतिहासमा एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बन्नु भएको थियो ।

नेपाली महिला फुटबल टोलीले २०२० ग्रीष्मकालीन ओलम्पिक फुटबल खेल अन्तर्गत छनोट अन्तर्गतको पहिलो चरण पार गरी दोस्रो चरणमा पुग्दा साबित्रा भण्डारीको योगदान र भूमीका पनि अतुलनीय रहेको थियो ।

नेपाल महिला राष्ट्रिय फुटबल टोलीले ११ फेब्रुअरी २०१९ मा हिरो गोल्डकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा आयोजक भारतलाई २(१ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्दा नेपालका लागि दुवै गोल सावित्राले गर्नु भएको थियो । नेपालले इतिहासमै पहिलो पटक भारतीय टोलीविरुद्ध जित दर्ता गरेको थियो।

सावित्रा ले २०१९ साफ महिला च्याम्पियनसिपको समुहचरण देखि फाइनल खेल सम्मको प्रत्येक खेलमा कम्तीमा एक गोल गर्न सफल हुनु भएको थियो ।

सन् २०२० ओलम्पिक छनोट दोस्रो चरण अन्तर्गतको कुल तीन खेलहरूमा सावित्रा भण्डारीले जम्मा १ गोल गर्न सफल हुनु भएको थियो । उनले इन्डोनेसिया विरूद्वको तेस्रो खेलमा २ गोल गर्न सफल हुनु भएको थियो । उक्त खेलमा नेपाल २र१ गोलअन्तरले विजयी भएको थियो

किर्गिस्तानमा आयोजना भएको २०१९ नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपाले दोस्रो स्थान हात पार्दा सावित्रा भण्डारीले ७ गोल सहित प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार जित्न सफल हुनु भएको थियो ।

साग गेम २०१९ अन्तर्गतको नेपाली टोली माल्दिभ्स विरूद्ध ०/३ गोल अन्तरले विजयी भएको दोस्रो खेलमा सावित्राले ह्याट्रिक पुरा गरी नेपाली महिला फुटबलको सर्वाधिक उच्च अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमान बनाउन सफल हुनु भएको थियो ।