सीता दाहालको पशुपति आर्यघाटमा आज २ बजे अन्त्येष्टि गरिने

0
186

काठमाडौं । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आज २ बजे अन्त्येष्टि गरिने भएको छ । उहाँको आज विहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले सीता दाहालको निधन भएको जानकारी दिनुभएको थियो ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सीबाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान पर्नु भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएइएको हो।

उहाँको पार्थिक शरीरलाई विहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको छ । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी पार्टी कार्यालमा श्रद्धाञ्जलीका लागि पुग्नु भएको छ ।