सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

0
37

काठमाडौं । नेपाली बजारमा आज (विहीबार) सुनको मूल्यमा गिरावट आएको छ । हिजो बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाए पनि आज भने तोलामा आठ सयले घटेको छ । पछिल्ला दिनहरूमा लगातार बढिरहेको सुनको मूल्य आज केही घट्न पुगेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १० हजार दुईसय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार छ सय पचाँस रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घट्दै तोलाको १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।