सुनको मूल्यमा गिरावट

0
126

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा बाह्र सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दश हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन तोलाको एक लाख एघार हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।