आज सुन र चाँदीको मूल्य स्थिर

0
231

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख बाह्र हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एघार हजार आठ सय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य तोलाको एक लाख बाह्र हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोलामा दश रुपैयाँले घट्दै १४ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।