सुनको मूल्यमा वृद्धि

0
23

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एघार हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक एघार हजार पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलाको एक लाख एघार हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।