सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आजको मूल्य कति ?

0
49

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्ला दिनहरूमा लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्म कै उच्च विन्दुमा पुगेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार चार सय पचाँस रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य हिजो मंगलबारको मूल्यभन्दा तोलामा दुई हजारले बढेको हो । यसअघि सुनको मूल्य उच्चतम विन्दु १ लाख १० हजार थियो । आज चाँदीको मूल्य प्रतितोला १४ सय ४० मा कारोबार भइरहेको छ ।