सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड

0
49

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक जसो नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा अठार सयले बढ्दै सनुको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । अन्तराष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ उचाइ लिएका कारण नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो ।