सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएन,आजको मूल्य कति ?

0
28

काठमाडौं । सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन् । शुक्रबार पनि सुनको भाउ बढ्ने क्रमले निरन्तरता पायो । अघिल्लो दिनको सुनको कारोबार भन्दा एक हजार रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार एक सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।